#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1097936652277043311476125449
नेपाल145193191685320

नवराज विकलाई मरणोपरान्त भगत सर्वजित मानव मर्यादा पुरस्कार प्रदान गरिने

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समाज सुधार अभियान विधा तर्फ ०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय गरेको छ ।

गत जेठ १० मा पे्रमिका लिन साथीहरुसहित रुकुम पश्चिम पुगेका विकसहित ६ जनाको स्थानीयहरुबाट हत्या गरिएको थियो । समाज सुधार, सामाजिक न्याय, समता तथा दलित मुक्ति आन्दोलनमा अविस्मरणीय योगदान पुर्याउनु भएका भगत सर्वजित विश्वकर्माको कदर स्वरुप नेपाल सरकारले ०७३ सालदेखि भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ ।

त्यसैगरी ०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्दका संस्थापक महाविर पुन हुन् । त्यस्तै, संस्कृति विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार बुद्धिनारायण श्रेष्ठ र भाषा साहित्य विधातर्फ महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार भैरव रिसाललाई दिने निर्णय गरेको छ । श्रेष्ठ सीमाविद् हुन् भने रिसाल सीमाको खोज अध्ययनकर्र्ता मात्र नभएर भाषा, साहित्य र पत्रकारिता क्षेत्रमा पनि उत्तिकै सशक्त छन् । नाटक विधातर्फ गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार वरिष्ठ साहित्यकार अभि सुवेदीलाई दिने निर्णय गरेको छ । यी सबै पुरस्कारको राशी जनही १ लाख रुपैयाँ रहेको छ ।

आइतवार मन्त्रीस्तरिय निर्णयबाट यी पुरस्कारहरु घोषणा भएको हो । यसबाहेक संस्कति, भाषा, ललितकला, संगीत तथा नाट्य गरि चारै विधामा एक एक जनालाई जनही एक लाख रुपैयाँ राशीको राष्ट्रिय प्रतिभा पुरस्कार र ती प्रत्येक विधामा सात–सात जनालाई जनही ५० हजार रुपैंयाँ राशीको प्रादेशिक प्रतिभा पुरस्कार पनि घोषणा भएको छ ।

महाकवि देवकोटा पुरस्कार भाषा साहित्य विधासहित कविता, निवन्ध, गद्य÷नाटक र बाल सहित्य÷लोकसाहित्य गरि पाँच विधामा पाँच स्रष्टालाई दिने निर्णय भएको छ । गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार नाटकसहित कविता विधामा एक जनालाई, पुष्पलाल राष्ट्रिय पुरस्कार साहित्य, संस्कृतिसहित राजनीतिक र सैद्धान्तिक तथा इतिहास गरि तीन विधामा तीन जनालाई र भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार समाज सुधार अभियानसहित मानव अधिकार र सीप कला, शिक्षा, साहित्य, लेखन तथा अनुसन्धान गरी तीन जानलाई दिने निर्णय गरेको छ । यी प्रत्येक पुरस्कारको राशी जनही एक लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार