#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1170407353955045482226616301
नेपाल159643591186811

असारे बजेट खर्च धमाधम तर पूँजीगत भने न्युन

काठमाडौं ।

चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारले धमाधम खर्च बढाउन थालेको छ । गत वर्षहरुमा जस्तै सरकारले वर्षको अन्त्यतिर सरकारको खर्च बढाउन थालेको हो ।

हरेक वर्ष सरकारको खर्चको गति निकै सुस्त छ । ‘जब भयो राती तब बुढी ताती’ भने झैँ सरकारले आर्थिक वर्ष सकिनै लाग्दा खर्च बढाइरहेको छ । बजेट सार्वजनिक भएसँगै खर्च हुन सक्दैन । बजेट खर्चको गति आर्थिक वर्ष सकिन लाग्दा विस्तारै बढ्दै जान्छ । यस्तो प्रक्रिया यस वर्ष मात्रै होइन । हरेक वर्ष यसरी नै सरकारको बजेट खर्चको गति चलिरहेको छ । सरकारको बजेट खर्चको यो प्रक्रिया हाम्रा लागि पटक्कै फाइदाजनक छैन । हतारमा खर्च गर्दा बजेट सहि ठाउँमा नपर्न सक्छ । बाटो खनेर हिलाम्मे भएका छन् । तर सरकारले बजेट खर्चको प्रक्रिया भने परिवर्तन गर्नै सकेको छैन ।

सरकारले चालु खर्चहरु बढाएको छ तर यस वर्ष पनि पूँजीगत खर्च वृद्धि गर्न सकेको छैन । ‘यसपाली कोरोना महामारीका कारण सोचे अनुसारको खर्च हुन सकेन ।’ महालेखा नियन्त्रक गोपीनाथ मैनालीले भने । पूँजीगत खर्च गर्दा प्रक्रिया पु¥याएर गर्नुपर्ने भएकाले पनि सामान्यतया चालु प्रकृतिका खर्चको गति भन्दा कम हुने नियन्त्रक मैनालीको भनाइ छ ।

महालेखा नियन्त्रकका अनुसार असार १५ गतेसम्म सरकारले ७ खर्ब ७ अर्ब ३१ करोड ७ लाख रुपैँयाँ बराबर चालु खर्च गरेको छ । यो शीर्षकको खर्चमा ७३ प्रतिशत खर्च गरेको छ । १५ गते एकै दिन यस शीर्षकको खर्च २ अर्ब ४८ करोड ८९ लाख रुपैँयाँ भएको छ । त्यसैगरी, सरकारले पूँजीगत खर्च जम्मा ३२.९५ प्रतिशत मात्रै गरेको छ । यस शीर्षकको खर्चमा सोमबारसम्म १ खर्ब ३४ अर्ब ४४ करोड ५४ लाख रुपैँयाँ खर्च भएको छ । सोमबार एकै दिनमा १ अर्ब २४ करोड रुपैँया मात्रै खर्च भएको छ । त्यसैगरी, वित्तीय खर्चतर्फ ९३ अर्ब ९२ करोड १४ लाख रुपैँयाँ खर्च भएको छ । यो खर्च यस शीर्षकको कुल खर्चमध्ये ५५.९५ प्रतिशत हो ।

सरकारले अघिल्ला वर्षहरु जस्तै चालु आर्थिक वर्ष सकिन १४ दिन मात्रै बाँकी रहँदा कुल बजेटको ६१.०४ प्रतिशत खर्च गरेको छ । अब ३९ प्रतिशत बजेट खर्च हुन बाँकी छ । असार महिना सुरु भएदेखि नै सरकारले लकडाउन खुकुलो बनाएपछि एकातिर सरकारको आम्दानी बढेको छ भने अर्कातिर खर्च पनि बढाउँदै लगेको छ । चालु आर्थिक वर्षको बजेटमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ । सरकारले खर्च बढाउन विकास आयोजनाहरु तथा मर्मत सम्भारको काम अघि बढाउन थालेकाले खर्च पनि बढेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार