#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1171713653983645555656621735
नेपाल159643591186811

राष्ट्रिय वाणिज्य बैंकद्वारा होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण

काठमाडौं ।

राष्ट्रिय वाणिज्य बैंकले सरकारले संचालन गरिरहेका विभिन्न होल्डिङ्ग सेन्टरहरुमा खानेपानी वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीको अवस्थामा उक्त सहयोग गरेको हो ।

सो अवसरमा बैंकको प्रदेश कार्यालयकी प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठले नेपाल रेडक्रस सोसाईटीका पदाधिकारीहरुको उपस्थितिमा काठमाडौं उपत्यकाको बसुन्धरा तथा धुम्बाराहीमा रहेका ३ वटा होल्डिङ्ग सेन्टरमा नेपाली सेनाका अधिकृतहरुलाई खानेपानी व्यवस्थापन गर्ने जिम्मा लिएको जानकारी गराउँदै आवश्यक पर्ने खानेपानी हस्तान्तरण गरे ।

कोरोना महामारीको अवस्थामा देश बाहिर रहेका विभिन्न नागरिकहरुलाई उद्दार गर्ने क्रममा सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा अवतरण गरिसकेपछि विभिन्न होल्डिङ्ग सेन्टरहरुमा राखी घर पठाउने गरेको छ । उक्त होल्डिङ्ग सेन्टरहरुहरुको व्यवस्थापन नेपाली सेना तथा खानेपानी, खाद्य सामग्री लगायतको व्यवस्था नेपाल रेडक्रसको अगुवाइमा भइरहेकोमा बैंकको बागमती प्रदेश कार्यालय मार्फत तीन वटा होल्डिङ्ग सेन्टरहरुमा सात दिनको लागि खानेपानी व्यवस्था गर्ने जिम्मा लिएको छ ।

हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार