#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1337634357848149828727814990
नेपाल1706138669510328

पूरा भएन स्वास्थ्य मन्त्रीको प्रतिबद्धतादेखि १७ औँ धान दिवस मनाइयोसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आफूले गरेको प्रतिबद्धता पूरा गर्न सकेका छैनन् । गत जेठ २६ को संसद् बैठकमा बोल्दै मन्त्री ढकालले असार १५ देखि पीसीआर विधिबाट दैनिक १० हजार परीक्षण गर्ने प्रतिबद्धता जनाएका थिए । तर पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ९१ मात्र परीक्षण गरिएको छ ।

त्यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकी मुलुक चीनसँग सीमामा कुनै विवाद नरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभाको विशेष समयमा बोल्दै मन्त्री ज्ञवालीले चीनसँगको सीमानामा कुनै विवाद नरहेको बताएका हुन् ।

लकडाउनपछि पहिलो दिन पूरा समय खुलेको शेयर बजार परिसूचक नेप्से घटेको छ । सोमबारको बजार बन्द हुँदासम्म नेप्से परिसूचक १२ दशमलव ८७ अंकले घटेर १ हजार १ सय ८८ दशमलव ७ अंकमा बन्द भएको हो ।

त्यस्तैगरी सरकारले जाजरकोटका नवराज विकलाई परणाेपरांत समाज सुधार अभियान विधातर्फ ०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले केही समय पहिले जातीयताको लडाइमा ज्यान गुमाएका विकलाई सम्मान गर्दै सो पुरस्कार दिने निर्णय गरेको हो ।

जेठ १५ अर्थात राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी देशैभर मनाइएको छ । नीजि क्षेत्र तथा कृषि विभाग, कृषि अनुसन्धान परिषद्ले औपचारिक कार्यक्रमको आयोजना गरी १७ औँ धान दिवस मनाएका हुन् । कोरोना भाइरसको महामारी र सलह किराको त्रासकाबीच पनि किसानलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार