#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1171287253976845528996620205
नेपाल159643591186811

रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्म कारवाहीको माग

काठमाडौं ।

दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग गरेका छन् ।

दलित समुदायका युवाहरुद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेत्री अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन् ।

दलित अधिकारकर्मी रेणु सिँजापतिले रुपन्देही, बाग्लुङ लगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटनामा दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारवाही नगरेको गुनासो गरिन् । सो घटनामा छ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार