#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1171713653983645555656621735
नेपाल159643591186811

कोरोनाबाट विश्वमा पाँच लाख ५ हजार बढीको मृत्यु, संक्रमित कति ?

काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५ हजार २२० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २ लाख ८५ हजार १४४ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५५ लाख ८३ हजार ३१४ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४१ लाख ९६ हजार ६१० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ३४७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र २६ लाख ४० हजार जना कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख २९ हजार व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २१ लाख ४७ हजार ६८३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८२ हजार ३८६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३० लाख ७६ हजार ९७० जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६६ हजार ६९० जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख १३ हजार ५१९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९० हजार ७२५ को मृत्यु भएको छ । एसियामा २२ लाख १६ हजार ३२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५४ हजार ८५१ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ३ लाख ८५ हजार २१९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ९ हजार ६९८ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२६ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार