#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1343172457997850234197828327
नेपाल1706138669510328

देशभरका निजी विद्यालयमा संचालित अनलाइन तथा भर्चुअल कक्षा ठप्प पार्ने चेतावनी

काठमाडौं ।

निजी विद्यालयका दुई संस्था प्याब्सन र एन प्याब्सनले सरकारले असार २२ गतेसम्म कुनै निर्णय नगरे देशभरका सबै विद्यालयको अनलाइन कक्षा र प्रशासन बन्द गर्ने निर्णय गरेका छन् । यस कदमबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार नेपाल सरकारले नै लिनुपर्ने दुवै संस्थाका अध्यक्षको चेतावनी छ ।

दुवै संस्थाका अध्यक्षले दुई निकायले गरेको निर्णयको बर्खिलापमा कुनै विद्यालयले अनलाइन कक्षा सञ्चालन गरे कारबाही गर्ने चेतावनी दिएका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाले दुई संस्थाले गरेको निर्णयलाई कुनै पनि निजी विद्यालयले नमाने कारबाही गर्ने बताएका छन् ।

केही ठूला भनिएका विद्यालयले अभिभावकलाई आतंकित पारेर जबरजस्ती शुल्क उठाएका छन् । ती ठूला विद्यालयका कारण समस्यामा परेका प्याब्सन र एन प्याब्सनले २२ गतेदेखि भर्चुअल(अनलाइन कक्षाका साथै अन्य प्रशासनिक कार्यसमेत बन्द गरी शिक्षक कर्मचारीलाई उपलब्ध गराउनु पर्ने तलबभत्ता लगायत अन्य खर्च व्यवस्थापनका लागि ‘नो कलेक्सन नो डिस्ट्रिब्युसन’ को अवधारणा अवलम्बन गर्न बाध्य हुने जनाएको छ ।

सो अवधिमा कुनै पनि विद्यालयले शैक्षिक गतिविधि सञ्चालन गर्ने विद्यालयमाथि कारबाही गर्ने स्पष्ट पारेका छन् । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तापछि मन्त्री गिरिराजमणि पोखरेललाई उद्धृत गर्दै दिएको ज्ञापनपत्रमा विद्यालय बन्द गरेपछि शिक्षक र कर्मचारीलाई तलब नदिने जनाएका छन् ।

प्याब्सन अध्यक्ष पुरीले विद्यालयसँग आम्दानी नभएपछि कसरी तलब दिने भन्दै विद्यालय पूरै बन्द गर्नुको विकल्प नभएको बताए । एन प्याब्सनका अध्यक्ष सापकोटाले यही अवस्था भए निजी विद्यालयलाई सधैंका लागि बन्द गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने,– ‘ऋणैऋणमा चलेको विद्यालयले कसरी धान्न सक्छन् ? उनीहरुले सरकारले अभिभावकीय भूमिका निर्वाह नगरेको आरोप लगाएका छन् । निजी विद्यालयमा उत्पन्न समस्या समाधानमा सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ । नेपाल समाचारपत्रबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार