६६ वर्षिय भारतीय क्यान्सर रोगीले जिते कोरोना

६६ वर्षिय भारतीय क्यान्सर रोगीले जिते कोरोना


काठमाडौं । भारतमा क्यान्सर रोगीले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । ६६ वर्षिय भारतीय नागरिकले कोरोना जित्न सफल भएका हुन् । स्वास्थ मानिसले समेत कोरोना भाइरसबाट ज्यान गुमाइरहेको अवस्थामा उनको जितलाई महत्वका साथ हेरिएको छ ।

कोभिड–१९ को संक्रमणमा परेका उनी एक हप्ताको अस्पताल बसाईपछि डिस्चार्ज भएका हुन् । उनको एक हप्ताको बसाईपछि रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनलाई लखनउको केजिएमयू अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको एकहप्ताको बसाईपछि गरिएको जाँचमा रिपोर्ट नेगेटिभ आएको उल्लेख गरिएको छ । लखनउको किङ जर्ज मेडिकल युनिभर्सिटीका उपकुलपति एमएलबी भाटले सोही अस्पतालमा क्यान्सरको उपचार गराइरहेका ती बिरामीलाई कोभिड–१९ लागेको र निको भएको जानकारी दिएका छन् ।

उपकुलपती भाटले आफू ती बिरामीको उपचारमा सन् २०१९ को मे देखि अगष्ट महिनासम्म संलग्न भएको बताएका छन् । क्यान्सर, सुगर र उच्च रक्तचाप लगायतका बिरामीलाई कोभिड–१९ निको हुन समय लाग्ने या बाँच्ने सम्भावना पनि कम हुने भनिएका बेला ती बिरामी हप्ता दिनमै निको भएर घर फर्किनुले कोभिड विरुद्धको लडाईंमा थप आशा जागेको उपकुलपति भाटको भनाइ छ । भारतको उत्तर प्रदेश राज्यमा मात्र ५ हजार ७ सय ३५ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । भने ३ हजार २ सय ३८ जना निको भएर घर फर्किसकेका छन् । साथै, १ सय ५२ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । भारतमा शनिबार मध्यान्नसम्ममा १ लाख २५ हजार भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ भने ३ हजार ८ सय बढीले ज्यान गुमाइ सकेका छन् ।

Logo