#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1094056652178743044466114333
नेपाल145193191685320

हिमालय एयरलाइन्सको चिनियाँ बहुर्राष्ट्रिय कम्पनीसँग सहकार्य

काठमाडौं ।

हिमालय एयरलाइन्स र हुवावे क्लाउड, चिनियाँ बहुर्राष्ट्रिय प्रविधिकम्पनीबीच रणनीतिक सहकार्य सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सूचना र सञ्चार प्रविधि सेवाप्रदायक क्षेत्रमा विश्वव्यापी रुपमा अग्रणी स्थान ओगटेको हुवावेले हिमालय एयरलाइन्सको सेवालाई अझ सक्षम र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने कम्पनीले विज्ञप्ति मार्फत जनाएको छ । सूचना तथा सञ्चार प्रविधि (आइसिटी) का उपज र समाधानका उपायबाट अधिकतम लाभ लिन सेवामार्फत यात्रुलाई उत्कृष्ट टिकेटिङ विकल्प र यात्रा अनुभव प्रदान गर्ने विश्वास लिइएको छ ।

कम्पनीलाई दक्षिण एशियाको एक अग्रणी वायुसेवाको रुपमा स्थापित गर्ने अवसर सिर्जना गर्दै ठोस परिणाम प्राप्त गर्न यस सम्झौताले स्मार्ट उड्डयन क्षेत्र निर्माण र बहुआयामिक हवाई सञ्जाललाई प्रवर्धन गर्ने कम्पनीले अपेक्षा गरेको छ ।

कार्यक्रममा भर्चुअल माध्यममार्फत नेपालका लागि चीनका आर्थिक तथा वाणिज्यदूत झाङ्गफ्यान, तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङ र हुवावे टेक्नोलोजी क्लाउड र एआई व्यावसायिक समूह–एशिया प्रशान्त क्षेत्रको अध्यक्ष झोउ डान्जीनको उपस्थिति रहेको थियो । सम्झौतामा हिमालय एयरलाइन्सका अध्यक्ष झोउइन्योङ र हुवावे टेक्नोलोजिज् नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत डेङ शुइजेनले हस्ताक्षर गरे ।

सो अवसरमा काउन्सिलर झाङ फ्यानले महामारी पश्चातको अन्तर्राष्ट्रिय उड्डयन, अन्तर्राष्ट्रिय सञ्चार र बेल्ट एण्ड रोड इनिसिएटिभ सहकार्य (बीआरआई) का नयाँ चुनौती र परिस्थितिलाई सामना गर्न सम्झौता सान्दर्भिक हुने बताए ।

तिब्बत स्वशासित क्षेत्रका वाणिज्य विभागका उपनिर्देशक वाङपिङले तिब्बत क्षेत्रका लागि दक्षिण एशियासँग महत्वपूर्ण उड्डयन सम्पर्क स्थापना गर्न हिमालय एअरलाइन्सले योगदान पुर्याएको स्पष्ट पारे।

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इन्योङले हुवावेसँगको सहकार्यले कम्पनीको डिजिटल रुपान्तरण, टिकेटिङ र यात्रुको उडान अनुभव अनुकूल बनाउने कार्यलाई तीव्र गति दिई नेपालको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रको समग्र विकासमा योगदान पु¥याउने विश्वास प्रकट गरे ।

सम्झौता अनुरुप आपसी लाभ र साझा विकास प्राप्त गर्ने उद्देश्यका साथ हिमालय र हुवावेले आइसिटी प्रविधि (हुवावे क्लाउड र एआई) मा सहकार्य गर्नेछ । यसमा विद्यमान आइसीटी प्रविधि उपकरणको मर्मत, व्यवसाय इन्टेलिजेन्स प्रणालीको विकास, हिमालयको बिक्री तथा वित्त प्रणालीका लागि क्लाउड प्लाट फर्मको निर्माण गर्नेलगायतका कार्य पर्ने कम्पनीले उल्लेख गरेको छ ।रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार