भारतमा २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, कूल संख्या कति ?

भारतमा २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित, कूल संख्या कति ?


नयाँ दिल्ली ।

भारतमा कोरोना भाइरसबाट गएको २४ घन्टा यता अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ६ हजार ६५४ जना संक्रमित भेटिएका हुन् । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाए अनुसार यो सहित भारतमा कोरोना संक्रमितको कूल संख्या एक लाख २५ हजार १०१ पुगेको छ ।

त्यसैगरी भारतमा विगत २४ घण्टामा १३७ जनाको मृत्यु भएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म ३ हजार ७२० जनाको मृत्यु भएको पनि अधिकारीहरुले जनाएका छन् ।

भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार १०१ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यस संक्रमणबाट निको भएका बिरामीको संख्या ५१ हजार ७८४ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ६९ हजार ५९७ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ ।रासस–एएनआई

Logo