कोरोना अपडेटः विश्वभर संक्रमित ५३ लाख नाघ्यो, ३ लाख ४० हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर संक्रमित ५३ लाख नाघ्यो, ३ लाख ४० हजारको मृत्यु


जेनेभा ।

कोरोना भाइरसका कारण विश्वभर ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५३ लाख नाघेको छ । युरोपेली मुलुकहरुमध्ये कोरोना भाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ३९३ कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्त राज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार २९३ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९७ हजार ६५५ पुगेको छ ।

कोरोना भाइरसबाट सर्वाधिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्स लगायतका मुलुकमा मृतकको संख्या ३० हजारको हाराहारीमा छ । हालसम्म इटालीमा ३२ हजार ६१६, फ्रान्समा २८ हजार २८९, स्पेनमा २८ हजार ६२८, बेल्जियममा ९ हजार २१२, जर्मनीमा ८ हजार ३५२ र नेदरल्यान्ड्मा ५ हजार ७८८ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोना भाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा २१ हजार ११६ को मृत्यु भएको छ । यहाँ एकै दिन ९६६ जनाको ज्यान गएको छ । यसैगरी, इरानमा ७ हजार ३००, मेक्सिकोमा ६ हजार ९८९, क्यानाडामा ६ हजार २५० र चीनमा ४ हजार ६३४ जनाको मृत्यु भइसकेको छ ।रासस–एएफपी

Logo