#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20233800737812640500413090984
नेपाल2331079673816493

कोरोना भाइरसबाट विश्वमा पाँच लाख १४ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख १४ हजार ६ सय १५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ६ लाख १३ हजार ३५ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ५८ लाख २१ हजार १ सय ७५ जना निको भएका छन् । हाल विश्वभरमा कोरोना भाइरस संक्रमित करिब ४२ लाख ८७ हजार ९४ व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५७ हजार ९ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २७ लाख २७ हजार ९ सय ९६ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३० हजार १ सय २३ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २२ लाख ३८ हजार ८ सय ८४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ८८ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३१ लाख ८५ हजार ४ सय २८ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ६९ हजार ७ सय ८ जनाको मृत्यु भएको छ ।

युरोपमा २४ लाख ५० हजार ४ सय ७० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९१ हजार ८ सय २१ को मृत्यु भएको छ । एसियामा २३ लाख १९ हजार ५ सय १९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ५७ हजार ३ सय १ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ४ लाख ८ हजार ३ सय जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १० हजार १ सय ९५ जनाको मृत्यु भएको छ । ओसियानामा ९ हजार ५ सय ६० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १ सय २६ जनाको मृत्यु भएको छ ।–रासस/एएफपी

सम्बन्धित समाचारहरु