#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18802282706443611849911977340
नेपाल2139060617415156

देशभर संक्रमण मुक्त हुनेको संख्या अहिलेसम्मकै उच्च, आजमात्रै १४ सय ६२ डिस्चार्ज

काठमाडौं । देशभर संक्रमणबाट मुक्त हुनेको संख्या बुधबार अहिलेसम्मकै उच्च रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिइएको जानकारी अनुसार आजमात्रै १४ सय ६२ जना निको भएका छन् । अहिलेसम्म देशभर ४ हजार ६ सय ५६ पूर्ण रुपमा निको भएर घर फर्किएका छन् ।

त्यस्तै बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएका छन् । अहिलेसम्म देशभर कूल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । बुधबार १ सय १७ महिला र ३ सय ६५ पुरुषमा संक्रमण पुष्टि भएको छ । कूूल संक्रमितमध्ये महिला १ हजार ७ सय ७४ र पुरुष १२ हजार २ सय ७२ जना रहेका छन् ।

कोरोनाबाट बुधबार थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । अछामको बयलवाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका एक पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । मन्त्रालयकाअनुसार अछामको बयलपाटा अस्पतालमा उपचाररत रामारोशन गाउँपालिका ५ का ४५ वर्षिय पुरुषको असार १४ गते मृत्यु भएको थियो । मृतक पुरुषको स्वाव संकलन गरी सेती प्रदेशीक अस्पतालमा भएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनी असार १३ गते स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । प्रवक्ता गौतमले उनी मधुमेहको बिरामी भएको बताए ।

सरकारले बालबालिकामा संक्रमणको जोखिम देखिएकोले सचेत रहन आग्रह गरेको छ । १४ हजार बढी संक्रमितमध्ये २ हजार ६१ जना १८ वर्षमूनिका संक्रमित रहेको उनले बताए । सुदूरपश्चिममा अहिलेसम्म १ सय ७५ जना संक्रमित ९ वर्षमूनिका छन् । उनीहरु आफ्ना आमाबुबासँग भारतबाट फर्किएका बालकालिका हुन् ।

त्यस्तैगरी पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ८६ पीपीआर परीक्षण गरिएको छ । साथै अहिलेसम्म देशभर २ लाख ३३ हजार २ सय २७ पीसीआर परीक्षण गरिएको छ भने ३ लाख ६ सय २० आरडीटी परीक्षण गरिएको छ ।
हालसम्म देशभर क्वारेन्टाइनमा ४८ हजार ३ सय ६२ जना रहेका छन् भने ९ हजार ३ सय ६० जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार