नेपालमा एक सातामै कोरोना संक्रमितको संख्या दोब्बर

नेपालमा एक सातामै कोरोना संक्रमितको संख्या दोब्बर


काठमाडौं ।
मुलुकमा कोरोना भाइरस रोगका संक्रमितको संख्या एक सातामा दोब्बर भएको छ । गत माघ ९ मा पहिलो कोरोना संक्रमित पहिचान भएको थियो । त्यसयता शुक्रबार संक्रमण ४० जिल्लामा विस्तार भएको खुलेको छ । मृत्यु भएका तीन जनासहित मुलुकमा संक्रमितको संख्या ५ सय १६ पुगेको छ । एक साता अघि अघिल्लो शुक्रबार २ सय ५८ संक्रमित पुष्टि भएका थिए ।

‘अहिले देशमा संक्रमण दोब्बर हुने समय सात दिन देखिएको छ,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने, ‘संक्रमण दोब्बर हुने समय जति कम हुन्छ, रोग त्यति धेरै तीव्र गतिले फैलिरहेको बुझिन्छ ।’

हाल विश्वमा नेपालको हाराहारी मंगोलिया र हैटीमा ६ दिन संक्रमण दोब्बर भएको देखिएका छन् । विश्वमै सबैभन्दा छोटो समयमा संक्रमण दोब्बर भएको कोमोरसमा हो । त्यहाँ दुई दिनमै संक्रमितको संख्या दोब्बर भएको थियो ।

संक्रमण कम फैलिनु मुख्य रूपमा दुईवटा कारण रहेको महतो औंल्याउँछन् । ‘केस रिपोर्टिङ (संक्रमणको पहिचान) प्रारम्भिक अवस्थामा रहे थोरै तथ्यांक भएकाले संक्रमण दोब्बर हुने समय कम देखिन सक्छ,’ उनी भन्छन्, ‘अर्को कुरा यदि साँच्चै संक्रमणको फैलावट छिटो भइरहेको छ भने पनि दोब्बर हुने समय कम देखाउँछ ।’

छिमेकी मुलुकहरूमा संक्रमण दोब्बर हुने समयले नेपालभन्दा ढिला देखिएका छन् । हाल पाकिस्तानमा १५ दिन, भारतमा १४ दिन, बंगलादेशमा १२ दिन र भुटानमा १० दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । संक्रमण दोब्बर हुने समय बढी रहेका मुलुकमा संक्रमणको दर कम भइरहेको बुझिने महतो बताउँछन् । चीनमा निकै ढिला संक्रमण दोब्बर भएको थियो । त्यहाँ १ सय १ दिनमा कोरोनाको संक्रमण दोब्बर भएको थियो । यस्तै बेलायतमा ३१ दिन, फ्रान्समा ४५ दिन, जर्मनीमा ४७ दिन, इटली र स्पेनमा ४९ दिन संक्रमण दोब्बर भएको थियो ।कान्तिपुरबाट

Logo