#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956836710053610481612141967
नेपाल2139060617415156

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ९६ औं जन्म जयन्ती

काठमाडौं ।
नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ९६ औं जन्म जयन्ती हो । उनको जन्म वि.सं. १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो ।

मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री समेत थिए । कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउँदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको विस्तृत शान्ति सम्झौता भएको थियो । कोइरालाकै अगुवाइमा ०६२,६३ मा दोस्रो जनआन्दोलन सफल भएको थियो ।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । राजनितिक जीवनमा कोइरालाले पार्टी भित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे बिरोध समेत हुने गरेको थियो ।

उनी वि.सं. ०४८ जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भएका थिए ।

कोइराला नेपाली कांग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए । ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको ०६६ साल चैत ७ गते निधन भएको हो । नेपाली राजनितीमा कोइरालाको योगदान अतुलनिय रहेको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार