#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956875710057609467612152142
नेपाल2139060617415156

आगामी आर्थिक वर्षको मौद्रिक नीति : बैंकासुरेन्स ब्युँताउँदै राष्ट्र बैंक

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकासुरेन्स ब्युँताउने तयारी गरेको छ । वाणिज्य बैकहरूले बैंकासुरेन्स ब्युँताउन पटक पटक लबिङ गरेपछि त्यसको सुनुवाई गर्दै राष्ट्र बैंकले बैंकासुरेन्स ब्युँताउने तयारी थालेको हो ।

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा गर्दा पनि यो विषय उठाएका थिए । तर राष्ट्र बैंकले भने मौद्रिक समीक्षामा बैंकासुरेन्सलाई सम्बोधन गरेन । यसपाली भने राष्ट्र बैंक बैंकासुरेन्सको व्यवस्था गर्ने तयारीमा छ । राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले बैंकासुरेन्सको विषयमा छलफल भइरहेको बताए । बैंकहरुबाट धेरै पटक अनुरोध आइरहेकाले मौद्रिक नीतिले बैंकासुरेन्स सम्बोधन गर्न सक्ने संभावना रहेको राष्ट्र बैंकको भनाइ छ । बैकिङ्ग तथा वित्त बजारमा सकारात्मक प्रभाव पर्ने गरी बैंकासुरेन्स पुनरावलोकन गर्ने तयारीमा रहेको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले आफ्ना माग सम्बोधन नगरेपछि बैंकहरुले पुनः बैंकहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहेका बेला बैंकासुरेन्सको अनुमति दिनु पर्ने भन्दै सुझाव दिएका छन् । ‘बीमा गर्नु हाम्रो भन्दा पनि पब्लिकको आवश्यकता हो ।’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले भने । बैंकलाई बैंकासुरेन्स गर्न दिँदा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईंले पनि विभिन्न सार्वजनिक कार्यक्रम तथा फोरमहरूमा बैंकासुरेन्स सेवा बन्द गर्न नहुने भन्दै आएका छन् । समितिका सूचना अधिकारी निर्मल अधिकारीले यस विषयमा राष्ट्र बैंकसँग कुनै छलफल नभएको बताए । साथै बैंक र राष्ट्र बैंकको सरोकारको विषय भएकाले पनि छलफल गर्न आवश्यक नभएको उनको भनाइ छ । मौद्रिक नीति मार्फत बैंकासुरेन्स पुनः सञ्चालनमा आए बीमा पहुँचको विस्तारमा टेवा पुग्न सक्ने भएकाले बैंकासुरेन्सको पुनः सुरुवात भए मुलुकका कुना कुनामा बीमाको पहुँच पुग्ने उनले बताए ।

बैंकहरुले बैंकासुरेन्स गर्दा जबरजस्ती बीमा गराउने, कर्मचारीहरु बीमा गर्नका लागि लामो समय कार्यालय बाहिर नै रहने भन्ने गुनासो आएपछि त्यसैका आधारमा विकृति बढेको भन्दै राष्ट्र बैंकले बैंकासुरेन्स बन्द गराएको थियो । बीमा पोलिसी विक्रीबाट बैंकका कर्मचारीहरुले मासिक डेढ, दुई लाख आम्दानी गर्ने गर्थे । बैंकास्योरेन्सका नाममा बैंकहरूले बीमा एजेन्टको रूपमा काम गर्दै आएपछि राष्ट्र बैंकले यस्तो कदम उठाएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार