#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956875710057609467612152142
नेपाल2139060617415156

गरिमा बैंकद्वारा ब्याज मिनाहा

गरिमा विकास बैंकले यात्रुवाहक कालो नम्बर प्लेट र पर्यटक सवारीका यात्रुवाहक सार्वजनिक यातायातलाई असार महिनाको व्याज रकम राहतस्वरुप पूरै छुट दिने जनाएको छ । कोभिड–१९ का कारण जारी बन्दाबन्दीले यातायात क्षेत्रमा देखिएको असहजतालाई ध्यान दिदैँ बैँकले सो निर्णय गरेको हो ।

बैंकमा सुरक्षणकारुपमा सम्बन्धित सवारीसाधनसमेत धितो राखी यात्रुवाहक बस, मिनिबस, माइक्रो बस, जिप र ट्याक्सीलगायत खरिदका लागि प्रवाह गरेको हायर पर्चेज शीर्षकका ऋणीलाई उक्त सुविधा प्रदान गरेको हो । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिमको गत बैशाख, जेठ र असार महिनाको ब्याजदरमा दुई प्रतिशत विन्दु दरले दिइएको छुटबाहेक असारको व्याज रकम राहतस्वरुप पूरै छुट दिने निर्णय गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार ऋणीले असार मसान्तभित्र बैंकको सम्बन्धित शाखा कार्यालयमा सम्पर्क गरी कर्जा नियमित गराई उक्त सुविधा लिन सक्नेछन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार