नयाँ नक्सा राजपत्रमा प्रकाशित

नयाँ नक्सा राजपत्रमा प्रकाशित


काठमाडौं ।
हालै नेपालले जारी गरेको नयाँ नक्सा राजपत्रमा प्रकाशित भएको छ। लिम्पियाधुरासहित समेटिएको नक्सा राजपत्रका प्रकाशित भएको हो । यससँगै अब यो नयाँ नक्साले औपचारिकता पाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न पठाएको थियो । यस लगतै मुद्रण विभागले नक्सा प्रकाशन गरेको हो ।

राजपत्रमा नेपाल सरकारका तर्फबाट मन्त्रालयका सचिव केदार न्यौपानेको हस्ताक्षर छ । जेठ ४ गतेको मन्त्रिपरिषदले निर्णय गरी सरकारले जेठ ७ गते आधिकारिकरुपमा नयाँ नक्सा सार्वजनिक गरेको थियो ।

Logo