#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21062471752580641542513894466
नेपाल2495795802516837

आजदेखि छैठौँ अधिवेशन अन्त्यदेखि राजनीतिक दलको आयस्रोत सार्वजनिक गर्न मागसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये सत्तारुढ नेकपाभित्र चुलिएको आन्तरिक विवादका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सेफ ल्यान्डिङको बाटो रोजेका छन् । सचिवालय र स्थायी कमिटी बैठकमा राजीनामाका लागि दबाब बढेपछि प्रधानमन्त्री ओलीले चलाखीपूर्ण बाटो रोज्दै संघीय संसदको छैठौँ अधिवेशन अन्त्य गरेका हुन् । आजको मन्त्रिपरिषद्को बैठकले चालू अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजदेखि संसद् अधिवेशन अन्त्य भएको घोषणा गरेकी हुन् ।

त्यस्तै विश्वमै पहिलो पटक इटलीमा १४ टन एम्फटमीन वर्गको कृत्रिम लागूऔषध बरामद गरिएको छ । प्रहरीका अनुसार सिरियाका जिहादी समूह इस्लामिक स्टेटलाई पैसा उपलब्ध गराउन उक्त लागूपदार्थ उत्पादन र तस्करी भएको हुन सक्ने आशंका गरिएको छ । इटालीको सालेर्नो बन्दरगाहमा ‘क्याप्टगन’ का आठ करोड ४० लाख नक्कली चक्की फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

सरकारले लकडाउनको मोडल परिवर्तन गरेसँगै बजारमा भीडभाड सुरु भएको छ । गत जेठ २८ को मन्त्रिपरिषद्को बैठकले लकडाउनको मोडल परिवर्तन गर्ने निर्णय गरेको थियो । गत असार १ देखि लकडानको परिवर्तित मोडल लागू भएसँगै बजारमा भीडभाड बढेको हो ।

त्यस्तैगरी सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो गरेसँगै कर तिर्ने क्रम बढेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असार १८ गतेसम्म ७ खर्ब ६१ अर्ब ५८ करोड २३ लाख रुपैयाँ बराबरको राजश्व संकलन भएको छ ।

परशुराम मेघी गुरुङले राजनीतिक दलहरुको आयस्रोतको विषयमा जनतालाई जानकारी दिनुपर्ने बताएका छन् । बिहिबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै गुरुङले राजनीतिक, सार्वजनिक र नीजि क्षेत्रमा समेत भ्रष्टाचार व्याप्त हुँदै गएकाले आयस्रोत सार्वजनिक गर्नुपर्ने बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु समाचार हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार