पाकिस्तानमा ९८ यात्रु सवार विमान दुर्घटना, क्षतिको विवरण आउन बाँकी

पाकिस्तानमा ९८ यात्रु सवार विमान दुर्घटना, क्षतिको विवरण आउन बाँकी


इस्लामाबाद ।

पाकिस्तानको कराँचीस्थित एक आवासीय क्षेत्रमा ९८ यात्रु बोकेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ ।

सो विमानमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेका पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

सो विमान लाहोरबाट कराँची जाँदै थियो । दुर्घटनाबाट के कति क्षति भयो भन्ने जानकारी आउन बाँकी रहेको छ ।

Logo