#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व341592321018792770988825430552
नेपाल778174982089156428

पर्यटन र होटल व्यवसायीलाई विभागमा दर्ता गर्ने सूचना जारी गरी प्रोत्साहन गर्यौ–महानिर्देशक घिमिरे

फाइल फोटो

काठमाडौं । पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले नेपालका पर्यटन व्यवसायी र होटल व्यवसायीलाई पर्यटन विभागमा दर्ता गर्न सूचना जारी गरी प्रोत्साहन गरेको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पर्यटन विभागको चालू आर्थिक वर्षको कार्यप्रगतिबारे सांसदहरुलाई जानकारी गराउँदै सो कुरा बताएका हुन् । सबै होटल व्यवसायी र पर्यटन व्यवसायीलाई विभागमा दर्ता गर्ने प्रणालीको विकास गरिएको महानिर्देशक घिमिरेको भनाइ छ । उनले विभागमा दर्ता नभए कुनै पनि होटल व्यवसायी तथा पर्यटन व्यवसायीहरु इमिग्रेसनको दर्ता च्वाइसमा नपर्ने र पर्यटकहरु नआउने भएकाले दर्ता गर्न सूचना जारी गरिएको बताए ।

त्यस्तै नेपालभित्र आउने पर्यटकहरुलाई ट्रयाकिङ गर्ने प्रणालीको समेत विकास गरिएको उनको भनाइ छ । यो प्रणाली लागू भएपछि कुनै पनि पर्यटक कुन होटलमा गएर बसेको छ भन्ने ट्रयाक विभागले गर्न सक्ने उनले बताए । विभागमा दर्ता भएका होटलहरुले पर्यटकको पासपोर्ट इन्ट्री गर्नुपर्ने र त्यसको जानकारी प्रणालीबाट तत्काल जानकारी लिन सकिने घिमिरेले जानकारी दिए । यसबाहेक टुरीजम व्यवसायीहरुलाई कोरोनाको सन्दर्भमा पर्ने असरको बारेमा लकडाउन हुनु अघि नै तालिम मार्फत जानकारी गराइएको उनको भनाइ छ ।

त्यस्तै समितिको बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले नेपालमा कति होटल छन र तिनमा कति कोठाहरु छन भन्ने सूचना अझै पनि नरहेको बताए । ति जानकारीहरु एकै प्लाटफर्ममार्फत थाहा पाउने व्यवस्था गर्न चुनौति रहेको उनको भनाइ छ । उनले पर्यटन क्षेत्रको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष र यस अघिका वर्षहरुमा डेढ अर्ब रुपैयाँसम्मको बजेट छुट्याएकोमा आगामी आर्थिक वर्षका लागि ८ देखि १० करोडसम्मको मात्र बजेट बनेको रेग्मीले बताए । आगामी आर्थिक वर्षमा १० करोड बजेटले डेढ अर्ब रुपैयाँको काम गर्नुपर्ने चुनौति बोर्डसँग रहेको उनको भनाइ छ । जसले गर्दा नेपालका पर्यटकीय क्षेत्रहरुको डिजिटल मार्केटिङको काममा केही समस्या हुन सक्ने उनको दाबी छ । उनले बोर्डको अबको रणनीति विदेशमा नगइ नेपालमै बसेर वा स्वदेशमा नै बोलाएर मार्केटिङ गर्ने र डिजिटल मार्केटिङ मार्फत मात्रै प्रचार प्रसारको काम गरिने योजना तयार गरिएको उनको भनाइ छ । उनले बोर्डले कोभिड–१९ बाट सबैभन्दा धेरै पर्यटन व्यवसायी र पर्यटन श्रमिकहरु परेकाले उनीहरुलाई सहुलियत पूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा ड्राफ्ट तयार गरेर मन्त्रालयमार्फत राष्ट्र बैंकसम्म पु¥याइएको उनले बताए ।

त्यस्तैगरी बैठकमा सांसदहरुले नेपालको सांस्कृतिक क्षेत्रको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्न अझै धेरै काम गर्नुपर्ने बताएका थिए । अहिलेसम्म नेपालको पर्यटन क्षेत्रको विकासका लागि काम हुन नसकेको तर धेरै नै बजेट खर्च हुने गरेको सांसदहरुको आरोप छ । स्थानीय संस्कृति र पुराना संस्कृतिको संरक्षण गर्दै आधुनिक किसिमले पर्यटन व्यवसायलाई अगाडि बढाउनुपर्नेमा सांसदहरुको जोड छ ।

सम्बन्धित समाचारहरु