#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताए ।संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित भएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराए । उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए ।भारतको इटहवा भैरहवा नाकादेखि ५ सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको बताए । उनले मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताए ।उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पस्ट पारे । तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चार, पाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए । उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए ।कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने असार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए । असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए । नेपाल भित्रिएको ५ दिनमा अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेको बताए । उनले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युठानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए ।

नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना कम

काठमाडौं ।

सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताए ।

संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उपस्थित भएका कार्यदलका संयोजक एवं प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख हुमागाईंले भारतको राजस्थानबाट हावाको गति दक्षिण तर्फ मोडिएकाले अब नेपालमा सलहको नयाँ झुण्ड आउने सम्भावना नरहेको जानकारी गराए । उनले बिहीबार भारतको इटहवामा रहेको सलहको झुण्ड आज (शुक्रबार) भारतको मध्यप्रदेश तिर पुगेकाले नेपालमा आउने सम्भावना कम हुँदै गएको बताए ।

भारतको इटहवा भैरहवा नाकादेखि ५ सय किलोमिटर नजिक रहेको तर आज सलहको झुण्ड दक्षिणतर्फ लाग्दा ७ सय ६७ किलोमिटर टाढा पुगेको बताए । उनले मनसुन तथा हावाको दिशामा नाटकीय परीवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन नसक्ने बताए ।

उनले सलह नियन्त्रणका लागि रासायनिक विषादीको प्रयोग गर्न समस्या रहेको बताए । मानव वस्तिको नजिक खेतबारी रहेकाले विषादी प्रयोग गर्न तत्काल सिफारिस नगरिएको उनले स्पस्ट पारे । तर अन्तिम विकल्पको रुपमा विषादी प्रयोग गर्ने अवस्था आयो भने चार, पाँच वटा विषादीलाई तयारी अवस्थामा राखिएको बताए । उनले अहिले नेपालमा ६० लाख देखि ६५ लाखको संख्यामा नेपाल आइपुगेको र नेपालमा अण्डा पार्ने सम्भावना पनि नभएकाले सलहलाई आवाजको माध्यमबाट भगाउन सकिने बताए ।

कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले भने असार १७ गते सम्म देशका अधिकांश जिल्लामा सलह पुगेको तर दश वटा जिल्लामा सबैभन्दा धेरै क्षति पुगेको बताए । असार १३ गते भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको र तीन दिन भित्रमा कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए । नेपाल भित्रिएको ५ दिनमा अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेको बताए । उनले १७ गते सम्म दाङमा सबैभन्दा धेरै ५ सय हेक्टर, प्युठानमा २ सय ८३ हेक्टर, अर्घाखाँचीमा १ सय हेक्टर र मकवानपुरमा १ सय ५ हेक्टर जमिनमा क्षति पुगेको बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार