#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।त्यस्तै विदेशबाट लकडाउनको समयमा फर्किएकाहरुलाई सरकारले होटलमा राख्ने भनेपनि होटलमा बस्नेको संख्या न्यून रहेको छ । अहिलेसम्म विदेशबाट फर्किएका १६ हजार ६ सय ७२ जना मध्ये १ हजार १ सय जना मात्रै होटेलमा बसेका छन् ।नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेकाे छ । गत वर्ष भन्दा १ सय ३० बढेर  १ हजार ९० डलर पुगेको विश्व बैंकले जनाएको हाे । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० डलर रहेको थियो ।त्यस्तैगरी पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनी बीच छ महिनादेखि १ वर्षसम्म ५० प्रतिशत घरभाडा छुट दिने समझदारी भएको छ । घरधनीसँग एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको पर्यटन क्षेत्रका २२ संस्थाले जनाएका हुन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्ने समय नआएको बताएका छन् । शुक्रबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै मन्त्री भट्टराईले राजीनामा माग्ने  समय अझै नभएको बताएका हुन् । नेकपालाई देशको बलियो शक्ति बनाउन दुई अध्यक्षले महत्वपूर्ण योगदान पुर्याएकाले अहिलेको अवस्थाको पनि मिलेरै समाधान खोज्नुपर्ने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला.....https://youtu.be/2M1kQCKoMHw

दुई अध्यक्षबीच छलफलदेखि प्रधानमन्त्रीको राजीनामा माग्ने समय होइनसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको छलफल विना निष्कर्ष टुंगिएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो ।

त्यस्तै विदेशबाट लकडाउनको समयमा फर्किएकाहरुलाई सरकारले होटलमा राख्ने भनेपनि होटलमा बस्नेको संख्या न्यून रहेको छ । अहिलेसम्म विदेशबाट फर्किएका १६ हजार ६ सय ७२ जना मध्ये १ हजार १ सय जना मात्रै होटेलमा बसेका छन् ।

नेपालीहरुको प्रतिव्यक्ति आय गत वर्षको तुलनामा १ सय ३० डलरले बढेकाे छ । गत वर्ष भन्दा १ सय ३० बढेर  १ हजार ९० डलर पुगेको विश्व बैंकले जनाएको हाे । गत वर्ष नेपालीको प्रतिव्यक्ति आय ९ सय ६० डलर रहेको थियो ।

त्यस्तैगरी पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनी बीच छ महिनादेखि १ वर्षसम्म ५० प्रतिशत घरभाडा छुट दिने समझदारी भएको छ । घरधनीसँग एक वर्षसम्म ५० प्रतिशत भाडा छुट दिने समझदारी बनेको पर्यटन क्षेत्रका २२ संस्थाले जनाएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रधानमन्त्री एवं पार्टी अध्यक्षबाट केपी शर्मा ओलीको राजीनामा माग्ने समय नआएको बताएका छन् । शुक्रबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै मन्त्री भट्टराईले राजीनामा माग्ने  समय अझै नभएको बताएका हुन् । नेकपालाई देशको बलियो शक्ति बनाउन दुई अध्यक्षले महत्वपूर्ण योगदान पुर्याएकाले अहिलेको अवस्थाको पनि मिलेरै समाधान खोज्नुपर्ने उनको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु