भारतीय मिडियाले मनिषामाथि गरेको अपमानको सम्पूर्ण नेपाली चलचित्रकर्मीले विरोध गर्नुपर्छ – वर्षा राउत

भारतीय मिडियाले मनिषामाथि गरेको अपमानको सम्पूर्ण नेपाली चलचित्रकर्मीले विरोध गर्नुपर्छ – वर्षा राउत


काठमाडौं ।

भारतमा आफ्नो अतुलनिय प्रतिभा खर्चेर बलिउड उद्योगलाई सहयोग गरेकी अभिनेत्री मनिषा कोइरालाले कालापानी, लिपुलेक र लिम्पुयाधिरासहितको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिकिकरण सम्बन्धि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको एउटा ट्विट, रि ट्विट गरेकै भरमा उनीमाथि भारतीय मिडियाले अमानवीय रुपमा अनेकन लाञ्छना लगाएपछि अभिनेत्री मनिषा कोइरालाको समर्थनमा यतिबेला नेपाली कलाकार एकपछी अर्को गर्दै आएका छन्।

यहि बीचमा अभिनेत्री बर्षा राउतले मनिषाको समर्थनमा स्टाटस पोष्ट गरेकी छिन् । उनले भारतिय मिडियाले मनिषामाथी गरेको आक्रमण र अपमानको सम्पूर्ण नेपाली चलचित्रकर्मीले विरोध गर्नुपर्ने बताएकी हुन् ।

बर्षा लेख्छिन्, ‘पसीना बेच्न सकिन्छ, आमा होईन ! मनिषा कोईराला दिदीले आफ्नो आमा माथि हस्तक्षेप सहनु भएन, त्यसैले उहाँले आफ्नो अपमानसँग नडराई मातृभूमीको सम्मानमा उभिनु भयो । आज भारतिय मिडियाले उहाँमाथि गरेको आक्रमण र अपमानको हामी सम्पूर्ण नेपाली चलाचित्रकर्मीले बिरोध गर्न जरुरी छ र मनिषा दिदीको स्वाभिमानलाई अझै मझबुत बनाउन साथ दिन जरुरी छ । हाम्रो मातृभूमी र हाम्रो स्वाभिमान प्रतिको हस्तक्षेप कदापी स्वीकार्य छैन ।’

Logo