#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19827779729987636292312734869
नेपाल2259273620616313

‘भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छैन’ : महासंघ

काठमाडौं ।

सार्वजनिक यातायात महासंघले भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने भन्ने विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएका छन् । तर समाचार प्रकाशन भएपछि यातायात व्यवसायी राष्ट्रिय महासंघले यातायात सञ्चालनमा आउने कुनै पनि निर्णय नभएको जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले असार २१ गतेदेखि सार्वजनिक यातायात चलाउने कुनै पनि निर्णय नभएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै सार्वजनिक यातायात सञ्चालनमा आउने तथा व्यवसायीहरुले सञ्चालन गर्ने भन्ने कुरा हल्ला मात्रै भएको र यसमा कुनै पनि सत्यता नरहेको बताएका छन् । सिटौलाले नेपालका केही सञ्चारमाध्याम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने समाचारको खण्डन गरेका छन् ।

सिटौलाले खण्डन गरेको जस्ताको तस्तै

विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर नेपालमा बढेसँगै मुलुक लकडाउनमा छ । मुलुक लकडाउनमा परेसँगै चैत १० देखि देशभर सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएको छ । सार्वजनिक यातायात सञ्चालनमा रोक लगाइएसँगै नेपालका यातायात व्यवसायीहरु आर्थिक सङ्कटमा परेका छन् ।

नेपाल सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ साथै मजदूर ट्रेड युनियन समेतले पटक–पटक मौखित तथा लिखित लकडाउनबाट परेको क्षति र असर तथा लकडाउन खुकुलो बनाउने सम्बन्धमा समेत राय सुझाव सबै दिइसकेको अवस्थामा सरकारले सार्वजनिक यातायात सञ्चालनका लागि कुनै प्रष्ट योजना बनाएको छैन ।

सरकारले साउन ७ गतेसम्मका लागि लकडाउन थपेको छ । लकडाउन खुला गर्नेबारे सरकारले कुनै पनि ठोस निर्णयमा पुग्न नसक्दा नेपालको सार्वजनिक यातायातको क्षेत्रमा पनि अन्यौलता थपिएको छ । नेपालका केही सञ्चारमाध्यम मार्फत यहि असार २१ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन गर्ने भन्ने सुन्नमा आए पनि महासङ्घले यसबारे कुनै निर्णय नगरेको स्पष्ट पार्न चाहन्छु ।

महासङ्घले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे मजदूर, व्यवसायी र सरकारसँग निरन्तर औपचारिक तथा अनौपचारिक रुपमा वार्ता र सम्वाद गरिरहेको छ । नेपालमा सार्वजनिक यातायात सञ्चालन गर्नेबारे महासङ्घले चाँडै नै सरोकारवाला निकायसँग बैठक बसेर निर्णय गर्ने व्यहोरा समेत जानकारी गराउँछु । सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको समस्याप्रति सरकार गम्भीर हुनुपर्छ । व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील बन्दै धैर्य रहन आग्रह गर्दछु ।’

सम्बन्धित समाचारहरु

ताजा समाचार