#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।कोरोना भाइरसले यतिबेला देशका सबै क्षेत्रमा प्रभाव बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको वैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई परार्मश दिंदै आएको शैक्षिक परामर्श क्षेत्र पनि प्रभावित छ । यसलाई पनि सरकारले अतिप्रभावित भएको क्षेत्रमा समेट्नु पर्ने माग गरिएको छ ।लकडाउनका कारण उद्योग, कलकारखाना, व्यापार व्यवसाय तथा अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा बैदेशिक रोजगारीको लागि परार्मशको भूमिका खेलिरहेको इक्यान पनि अन्य क्षेत्र जतिकै प्रभावित भएको हो । त्यसैले सरकारले यसलाई पनि अति प्रभावित भएको क्षेत्रमा राखेर राहत दिनु पर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा बताए ।उनका अनुसार लकडाउन भन्दा अगाडि फागुनदेखि नै नेपाली विद्यार्थीलाई असर पर्छ भनेर अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेकाले अहिलेसम्म इक्यानको अवस्था शुन्य रहेको छ । उनले भने, 'लकडाउनको अवधिमा पनि इक्यानले विद्यार्थीहरुको लागि परामर्श दिन, उनीहरुलाई हौशला प्रदान गर्ने काम गरिरहेको छ । हामी शुन्य समयमा पनि केहि गतिविधि अगाडी बढाउदै छौं ।'उनले यो क्षेत्र कोरोना भाइरसको असरले गहिरोरुपमा प्रभावित भएकाले अबको ४ वर्षसम्म माथि उठ्न नसक्ने गरी थला परेको पनि बताए । त्यसैले सरकारले यो क्षेत्रलाई पनि सहुलियत कर्जाको व्यवस्था गरी कोरोनाबाट सुरक्षित देशहरुमा पढ्न जाने विद्यार्थीलाई पठाउने व्यवस्था गर्नु पर्ने उनले माग गरेका छन् ।पाण्डेसँग केन्द्रबिन्दुले गरेको कुराकानी हेरौं यो भिडियोमा :https://youtu.be/7FL-kZLN2eY

‘शैक्षिक परामर्श क्षेत्रलाई पनि सरकारले अतिप्रभावित सूचिमा राख्नु पर्‍यो’ : प्रकाश पाण्डे (अध्यक्ष,इक्यान/(भिडियोसहित) )

काठमाडौं ।

कोरोना भाइरसले यतिबेला देशका सबै क्षेत्रमा प्रभाव बनाएको छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण प्रभावित बनेको वैदेशिक रोजगारीमा जाने विद्यार्थीलाई परार्मश दिंदै आएको शैक्षिक परामर्श क्षेत्र पनि प्रभावित छ । यसलाई पनि सरकारले अतिप्रभावित भएको क्षेत्रमा समेट्नु पर्ने माग गरिएको छ ।

लकडाउनका कारण उद्योग, कलकारखाना, व्यापार व्यवसाय तथा अन्तर्राष्ट्रिय उडानसमेत बन्द हुँदा बैदेशिक रोजगारीको लागि परार्मशको भूमिका खेलिरहेको इक्यान पनि अन्य क्षेत्र जतिकै प्रभावित भएको हो । त्यसैले सरकारले यसलाई पनि अति प्रभावित भएको क्षेत्रमा राखेर राहत दिनु पर्ने इक्यानका अध्यक्ष प्रकाश पाण्डेले केन्द्रबिन्दुसँगको विशेष कुराकानीमा बताए ।

उनका अनुसार लकडाउन भन्दा अगाडि फागुनदेखि नै नेपाली विद्यार्थीलाई असर पर्छ भनेर अन्तर्राष्ट्रिय उडान समेत बन्द रहेकाले अहिलेसम्म इक्यानको अवस्था शुन्य रहेको छ । उनले भने, ‘लकडाउनको अवधिमा पनि इक्यानले विद्यार्थीहरुको लागि परामर्श दिन, उनीहरुलाई हौशला प्रदान गर्ने काम गरिरहेको छ । हामी शुन्य समयमा पनि केहि गतिविधि अगाडी बढाउदै छौं ।’

उनले यो क्षेत्र कोरोना भाइरसको असरले गहिरोरुपमा प्रभावित भएकाले अबको ४ वर्षसम्म माथि उठ्न नसक्ने गरी थला परेको पनि बताए । त्यसैले सरकारले यो क्षेत्रलाई पनि सहुलियत कर्जाको व्यवस्था गरी कोरोनाबाट सुरक्षित देशहरुमा पढ्न जाने विद्यार्थीलाई पठाउने व्यवस्था गर्नु पर्ने उनले माग गरेका छन् ।पाण्डेसँग केन्द्रबिन्दुले गरेको कुराकानी हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार