#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21063983752607641592313895453
नेपाल2495795802516837

अर्घाखाँचीमा सलहको बिगविगीदेखि बाढी पहिरोका घटना बढ्दोसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये अर्घाखाँचीमा १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको मकै बाली सलह किराले नष्ट गरेको छ । छ दिनदेखि सलहले खेतबारी नछाडेपछि स्थानीयवासी हैरान भएका छन् । जिल्लाका केही भागमा सलह नियन्त्रणमा आए पनि शीतगङ्गा नगरपालिकामा अझै आउन सकेको छैन ।

त्यस्तै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वमा कोरोना भाइरस संक्रमितको संख्या बढ्ने क्रममा रहेको उल्लेख गरेको छ । डब्लूएचओले प्रभावित सबै मुलुकहरूलाई भाइरसको संक्रमण फैलिने क्रमलाई नियन्त्रणमा लिन यथोचित उपायहरूको अवलम्वन गर्नका लागि पनि आग्रह गरेको हो ।

यातायात व्यवसायीले सार्वजनिक यातायात संचालन गर्न सरकारलाई दबाब दिएका छन् । सार्वजनिक यातायात संचालनमा सरकारले ध्यान नदिएको भन्दै व्यवसायीले दबाब दिएका हुन् । उनीहरुले असार २१ गतेसम्म सरकारको निर्णय कुर्ने जनाएका छन् ।
त्यस्तैगरी फास्ट ट्रयाकमा पर्ने जग्गामा धान रोप्न थालेपछि स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै धान रोपिरहेका किसानलाई रोक्न खोज्दा झडप भएको हो ।

नेपालमा बर्खा लागेसँगै बाढी पहिरोको प्रकोप सुरु भएको छ । गत वर्षको भन्दा केहि समय अगाडि देखि सुरु भएको मनसुनपछि लगातार आएको पानीका कारण बाढी पहिरोको घटना बढ्न थालेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार