#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21062029752562641515913894308
नेपाल2495795802516837

राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको प्रधानमन्त्रीको स्वीकारोक्ती

फाइल फोटो

काठमाडौं ।

पछिल्लोपटक नेकपामा आएको आन्तरिक विवाद निकै उत्कर्षमा पुगेको छ । समस्या समाधानका लागि शीर्ष नेताहरुका साथै अध्यक्षद्वय एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आआफ्नो तरिकाले पहल गरे पनि कुनै निष्कर्ष निस्कन सकेको छैन । परामर्श र सल्लाहका लागि दुवै अध्यक्षहरु कहिले राष्ट्रपतिभवन पुग्ने गरेका छन् भने आआफ्ना गुटका नेताहरुसँग पनि भेटघाटलाई तिब्र बनाउँदै आएका छन् ।

यसैक्रममा शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् । मन्त्रीहरुसँग छलफल गर्नु अघि उनले आजै राष्ट्रपतिसँग पनि भेटवार्ता गरेका थिए । मन्त्रीहरुसँगको छलफलमा भने प्रधानमन्त्री ओलीले पार्टी एकता संकटमा परेको बताएका छन् ।

स्रोतका अनुसार मन्त्री र राज्यमन्त्रीसँगको भेटमा प्रधानमन्त्रीले राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको बताएका हुन् । जतिबेला जे पनि हुन सक्ने भन्दै प्रधानमन्त्रीले राष्ट्रियता र पार्टी एकतालाई स्वीकार गरे पनि आफूले त्यस विपरित हुने कुनै पनि काम स्वीकार गर्न नसक्ने बताए ।

बैठकमा सहभागी मन्त्रीहरुले भने सल्लाह र सहमतिमा अघि बढ्नु पर्ने सल्लाह दिएका थिए । बैठककै बीचमा केही मन्त्री बाहिरिए पछि ओलीले आफू निकटका मन्त्रीलाई छुट्टै भेट गरेको पनि बताइएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार