#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21052336752380640570213894254
नेपाल2495795802516837

‘भारतविरुद्ध चीन र पाकिस्तानको सम्पर्कमा ओली’

फाइल फोटो

पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री केपी ओली र उनी नेतृत्वको सरकारबारे विभिन्न किसिमका समाचार सम्प्रेषण हुन थालेका छन् ।

खासगरी नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै विभिन्न टिप्पणी आउन थालेका हुन् । नेपालको राजनीतिलाई चीन र पाकिस्तानसँग समेत जोडेर समाचार आउन थालेका छन् । यस्तैमा भारतको प्रतिष्ठित सञ्चारमाध्यम ‘इकोनोमिक टाइम्स’ले हालै प्रधानमन्त्री केपी ओलीमाथि एक आरोप सहित विशेष रिपोर्ट तयार पारेको छ ।

जहाँ ओलीले सत्ता टिकाउन कम्युनिस्ट पार्टी फुटाउन खोजेको दावी गरिएको छ । साथै उनी चीन र पाकिस्तानसँग पनि सम्पर्कमा रहेको रिपोर्टमा उल्लेख छ । नेपाल सरकारको पछिल्ला निर्णयमा चिनियाँ दूतावासको पनि हात रहेको उक्त रिपोर्टमा दावी छ । यस्तै चीन र पाकिस्तान समेत ओली सरकारलाई बचाउन लागिपरेको रिपोर्टमा उल्लेख छ ।

ओलीले राजीनामाको दबाब आएपछि नै बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्न पुगेको रिपोर्टमा छ । र उनले पार्टी फुटाउने अध्यादेश ल्याउँदै गरेको बताइएको छ । रिपोर्टका अनुसार प्रधानमन्त्री ओलीले भारत विरोधी फैसलाका लागि पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग सम्पर्क गरेका थिए । रिपोर्टमा उल्लेख छ, ‘हालका दिनमा ओलीले जे फैसला लिएका छन्, त्यसमा काठमाडौँस्थित चिनियाँ दूतावासको पनि हात रहेको छ ।’

ओलीलाई पार्टीभित्र स्थायी कमिटीका नेताहरुले राजीनामा मागेको जसले गर्दा उनलाई दबाब बढेको पनि रिपोर्टमा उल्लेख छ । ओलीले अघिल्लो साता मात्रै नेपालको भूमि फिर्ता ल्याएकाले भारतले आफूलाई पदबाट हटाउन खोजेको आरोप लगाएका थिए । अन्नपुर्ण पाेष्ट

सम्बन्धित समाचारहरु

ताजा समाचार