#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18805392706445612155311977394
नेपाल2139060617415156

सोमबारबाट बजारमा आउँने ५० रुपैयाँको नयाँ नोटमा के छ ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका नयाँ नोट भोलि सोमबारबाट बजारमा ल्याउने भएको छ । ती नोट निवर्तमान गभर्नर डा. चिरञ्जिबी नेपालले हस्ताक्षर गरेका नोट हुन् ।

राष्ट्र बैंकले सूचना सार्वजनिक जारी गर्दै ५० दरका नयाँ नोट बजारमा पठाउने जनाएको हो । नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहेका नयाँ नोटहरु भने आगामी कात्तिकबाट बजारमा ल्याउने राष्ट्र बैंकले जनाएको छ ।

सो नोटको अघिल्लो भागमा सगरमाथाको चित्र र लालीगुँरासको पानी छाप रहेको छ । त्यस्तै, नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.सं २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र रहेको छ ।

नोटको मध्य भागमा नेपाल राष्ट्र बैंक लेखिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार