#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18787192706268610440011976524
नेपाल2139060617415156

कोरोना अपडेटः कुन प्रदेशमा कति संक्रमित ?

काठमाडौं । आइतबार देशभर २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा अहिलेसम्म ६ सय ९४ जना संक्रमित भेटिएका छन् । ४ सय ६९ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर २ मा ४ हजार १ सय ६० जनामा संक्रमण देखिँदा २ हजार ३४ जना डिस्चार्ज भएका छन् । वाग्मती प्रदेशमा ५ सय ६३ जनामा संक्रमण देखिएको छ भने २ सय ३४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै गण्डकी प्रदेशमा १ हजार १ सय ४२ जनामा संक्रमण देखिएको छ भने २ सय १४ जना डिस्चार्ज भएका छन् । प्रदेश नम्बर ५ मा ३ हजार ९ सय ६८ संक्रमित रहेका छन् भने १ हजार ७ सय २५ जना डिस्चार्ज भएका छन् । कर्णाली प्रदेशमा १ हजार ५ सय ७९ र सुदूरपश्चिम प्रदेशमा ३ हजार ६ सय ७८ जनामा संक्रमण देखिएको छ । भने क्रमसः १ हजार १ सय ९१ र ६ सय ८० जना डिस्चार्ज भएका छन् ।

त्यस्तैगरी देशभरका २५ वटा प्रयोगशालाबाट कोरोना परीक्षण सुरु भएको छ । आइतबार ४ हजार ७ सय १० जनाको कोरोना परीक्षण गरिएको छ । आजसम्म २ लाख ५१ हजार ७ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै अहिले क्वारेन्टाइनहरुमा ३१ हजार ५ सय ७३ जना रहेका छन् भने ९ हजार २ सय ३ जना आइसोलेसनमा रहेका छन् ।

प्रवक्ता गौतमले राजधानीको ढलको नमुना परीक्षण गर्दा कोरोना भाइरस देखिए पनि समुदायमा कोरोना फैलियो भनेर भन्न नमिल्ने बताएका छन् । संक्रमित व्यक्ति वा निको भएपछि ढलमा भाइरस देखिए पनि सर्ने खालको नभएको उनले बताए । सामान्य तापक्रमको पानी, फोहोर पानी, अस्पतालबाट निस्किने ढलको पानीमा पनि २ दिनसम्म कोरोना भाइरस बाँच्ने उनको भनाइ छ । ढलमा भाइरस देखिँदैमा नआत्तिन आग्रह गर्दै उनले अन्य रोगका किटाणु पनि भएकाले विशेष सतर्कता अपनाउन भने आग्रह गरे । सरसफाइकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाउन पनि उनको सुझाव छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार