#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18827433707039611271612007678
नेपाल2139060617415156

नेकपा फुटाउने प्रचण्डको तयारीदेखि डब्लूएचओको निर्देशनसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो अडानबाट पछाडि नहटे दाहाल–नेपाल पक्षबीच पार्टी फुटाउने लिखित सम्झौता भएको खुलासा भएको छ । केन्द्रबिन्दुलाई प्राप्त उच्च स्रोतको जानकारी अनुसार ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट पछाडि नहटे पार्टी फुटाउन नेपाल र दाहालबीच लिखित सहमति भएको हो ।

त्यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि दौडधुप सुरु भएको छ । बोर्डका सिइओ महाप्रसाद आधिकारी आफ्नो कार्यकाल बाँकी छँदै नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि बोर्डको सिइओका लागि दौडधुप सुरु भएको हो ।

कोरोना भाइरसका कारण थप १३ जना गैरआवासीय नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले दिएकाे जानकारीअनुसार युएईमा ६, भारतमा ५, ओमानमा १, कुवेत १ जना गैरआवासीय नेपालीको ज्यान गएको हो ।

त्यस्तैगरी मुस्लिम आयोगका प्रतिनिधिहरुले बजेट र पदाधिकारी समयमै उपलब्ध नहुँदा काम गर्न समस्या भएको बताएका छन् । आइतबार महिला तथा सामाजिक समितिमा आयोगको प्रतिवेदन माथिको छलफलमा बोल्दै पदाधिकारीले बजेट र कर्मचारीको अभाव हुँदा काम गर्न असहज भएको बताएका हुन् ।

विश्व स्वास्थ्य संगठन डब्लूएचओले हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड–१९ संक्रमितलाई उपचार नगर्न निर्देशन दिएको छ । कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड–१९ संक्रमित बिरामीको मृत्यु दर घटाउन सफल नदेखिएकोले संक्रमित बिरामीका लागि यसको प्रयोग रोक्न निर्देशन दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार