#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व5483257913246891536007538147815
नेपाल209776122135125173430
काठमाडौं ।विगत ६ महिनादेखि बन्द रहेको चीनतर्फको रसुवागढी नाका आजदेखि संचालनमा आएको छ । सोमबार बिहानदेखि नाका सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए ।उनका अनुसार चिनियाँ पक्षले चार वटा सामानका गाडी मितेरी पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी रुपमा संचालनमा आएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्र्याइँदै गरिएको प्रमुखको भनाइ छ । आज चिनियाँ पक्षको ४ वटा गाडीमा १ सय २० टन सामाग्री नाकाबाट भित्रिने खड्काले बताए । ०७१ मंसिर १५ देखि रसुवागढी नाका सञ्चालनमा आएको थियो । तर, ०७२ बैशाख १२ र २९ गतेको भूकम्पपछि रसुवागढी र तातोपानी दुबै नाका बन्द भएको थियो ।यो नाका खुलाउनका लागि असार १० गते मितेरी पुलमा चीन र नेपालपक्षबीच भएको बैठकमा चिनियाँ पक्षले राखेको शर्त अनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र श्रमिक प्रयोग गरि मितेरी पुलसम्म ल्याइदिने सहमती भएको थियो ।तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले शर्त राखेको थियो । सोहि अनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना श्रमिकको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा राखेको थियो ।

रसुवागढी नाका आजदेखि संचालन

काठमाडौं ।

विगत ६ महिनादेखि बन्द रहेको चीनतर्फको रसुवागढी नाका आजदेखि संचालनमा आएको छ । सोमबार बिहानदेखि नाका सञ्चालनमा आएको भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले बताए ।

उनका अनुसार चिनियाँ पक्षले चार वटा सामानका गाडी मितेरी पुलसम्म ल्याइदिएसँगै रसुवागढी नाका एकतर्फी रुपमा संचालनमा आएको छ । कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर उच्च स्वास्थ्य सतर्कता अपनाएर सामान नेपाल भित्र्याइँदै गरिएको प्रमुखको भनाइ छ । आज चिनियाँ पक्षको ४ वटा गाडीमा १ सय २० टन सामाग्री नाकाबाट भित्रिने खड्काले बताए । ०७१ मंसिर १५ देखि रसुवागढी नाका सञ्चालनमा आएको थियो । तर, ०७२ बैशाख १२ र २९ गतेको भूकम्पपछि रसुवागढी र तातोपानी दुबै नाका बन्द भएको थियो ।

यो नाका खुलाउनका लागि असार १० गते मितेरी पुलमा चीन र नेपालपक्षबीच भएको बैठकमा चिनियाँ पक्षले राखेको शर्त अनुसार नेपालमा आउने सामान चीनले आफ्नै कन्टेनर, चालक र श्रमिक प्रयोग गरि मितेरी पुलसम्म ल्याइदिने सहमती भएको थियो ।

तर, अनलोड भएको सामान लिन जाने चालक र सहयोगीको कोरोना परीक्षण अनिवार्य रहेको हुनुपर्ने चीनले शर्त राखेको थियो । सोहि अनुसार नेपाली पक्षले १५ जना चालक र १५ जना श्रमिकको कोरोना परीक्षण गरि क्वारेन्टाइनमा राखेको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार