#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830607730156636155212738899
नेपाल2259273620616313

चिनियाँ राजदूत यान्छी र वरिष्ठ नेता नेपालबीचको भेटवार्तापछि गरिएका अड्कलबाजी

काठमाडौं ।

चिनियाँ राजदूत होउ यान्छी र सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुखसमेत रहेका माधवकुमार नेपालबीच भएको भेटवार्ता पछि विभिन्न अड्कलबाजी गर्न थालिएको छ । राजदूत यान्छीले आइतबार कोटेश्वरस्थित नेपालको निवासमा पुगेर भेटघाट गरेपछि विभिन्न अड्कलबाजी गरिएको हो ।

यतिबेला नेकपा विवाद वार की पारको अवस्थामा छ । यस्तो अवस्थामा राजदूत यान्छी र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत असार १० गतेदेखि जारी नेकपाको स्थायी कमिटीको बैठकमा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी  अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरेका थिए ।

स्थायी कमिटी बैठकमा अल्पमतमा परेका ओलीले पटक पटक स्थायी कमिटीको बैठक आलटाल गर्दै आएका छन् । शनिबार बस्ने भनिएको बैठक सहमति जुटाउन भन्दै सोमबारसम्मका लागि स्थगित गरिएको थियो । सोमबार बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि सहमतिका लागि भन्दै जेठ २४ सम्म स्थगित गरिएको छ । आइतबार बसेको दुई अध्यक्षबीचको बैठक विना निष्कर्ष टुंगिएको थियो । त्यस्तै सोमबार बिहान बसेको दुई अध्यक्षबीचको बैठक पनि विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री ओलीलाई अप्ठ्यारोमा पार्ने ठूलो शक्ति नेता नेपाल हुन् । नेपालसँग राजदूत यान्छीको भेटवार्ता पछि नेकपाभित्र बढेको गर्मीमा केही शितलता हुने आँकलन गरिएको छ ।

प्रधानमन्त्री ओलीले गत शुक्रबारको भेटमा प्रचण्डसँग दुबै पद नछोड्ने अडान लिएका थिए । ओलीले आफूलाई कारवाही गरेर देखाउन दाहाललाई चेतावनी समेत दिएका थिए । पार्टीले कारवाही गरे छुट्टै पार्टी गठन गर्ने भन्दै ओलीले धम्काएको समेत विवरण सार्वजनिक भएका थिए ।  साथै ओलीले मंसिर ४ को सहमति अनुसार पार्टीलाई अगाडि बढाउन आग्रह गरेका थिए । तर प्रचण्डले भने मंसिर ४ मा फर्कन नसकिने बरु ओली जेठ २ मा फर्किनुपर्ने अडान लिएका थिए ।

नेकपाभित्र शक्ति संचयका लागि एक पक्षले अर्को पक्षलाई भित्तामा पुर्याउँने गरी लागि परेको अवस्थामा राजदूत यान्छीले नेपालसँग भेट गर्नुलाई नेकपाभित्रको विवाद साम्य हुने आँकलन गरिएको छ । यसअघि राजदूत यान्छीले वैशाख १९ मा दाहाल र नेपालसँग छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन् । जतिबेला नेकपा फुटको अन्तिम संघारमा पुगेको थियो । राजदूत यान्छीले दुई नेतासँग भेटवार्ता गरेको अर्को दिन नै विवाद साम्य भएको थियो । जसले गर्दा अहिलेसम्म प्रचण्ड शान्त भएका थिए । अहिले पनि राजदूत यान्छीले भेटवार्ता गरेपछि नेकपाभित्रको विवाद साम्य हुने अड्कलबाजी गरिएको छ । विवाद साम्य हुन्छ कि हुँदैन भन्ने अहिले नै टुंगो भने लागि सकेको छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार