#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572942724710627939112568841
नेपाल2259273620616313

वैकल्पिक व्यवस्था गर्न रिक्सा व्यवसायीको माग

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं महानगरीय पर्यटकीय रिक्सा स्वतन्त्र चालक सङ्गठनले लकडाउनका कारण रिक्सा व्यवसाय ठप्प हुँदा दैनिकी चलाउन समस्या भएको भन्दै वैकल्पिक व्यवस्था गर्नुपर्ने माग गरेको छ । सोमबार सङ्गठनले आयोजना गरेको पत्रकार सम्मेलनमा रिक्सा व्यवसायीहरुले लकडाउनका कारण आफूहरु ठूलो मारमा परेका तर राज्यले यो कठिन समयमा पनि राहत तथा सहुलियत नदिएको गुनासो गरे । सोही अवसरमा सङ्गठनका अध्यक्ष कृष्णबहादुर विश्वकर्माले भने–‘पर्यटन व्यवसाय हाल ठप्प भएको छ, तत्काल खुल्ने सम्भावना पनि नभएकाले मजदूरको जीवनयापनमा झन समस्या थपिएको छ, यस्तो अवस्थामा राज्यले हामीहरुलाई वैकल्पिक व्यवस्था गर्नुपर्छ ।’

मजदूर प्रायः सुकुम्वासी र घरजग्गा नभएका कोठा भाडामा लिएर बस्नसक्ने क्षमतासमेत नभएकाले रिक्सामा नै सुत्ने होटलमा खाने गर्दै जीविकोपार्जन गरिरहेका असहाय भाएकाले उनीहरुको पहिचान गरी गाँस, बास र कपासको व्यवस्था राज्यबाट हुनुपर्ने सङ्गठनको माग छ ।

सङ्गठनका सचिव विकास थापा, अखिल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका सदस्य टीका परेल, रिक्सा चालक सानु कान्छा तामाङ र विकास परियारले सरकारले रिक्सा चालकलाई वैकल्पिक व्यवस्था नगरेको खण्डमा सङ्घर्षमा जाने चेतावनी दिए ।–रासस

सम्बन्धित समाचारहरु