#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19574592724737628050112569354
नेपाल2259273620616313

नेकपा नफुट्ने दाबीदेखि मास्क नलगाउनेलाई पक्राउ गर्नेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले नेकपा बाहिर हल्ला गरिएजस्तो प्याट्ट नफुट्ने बताएका छन् । बिहिबार केन्द्रबिन्दुसँग विशेष अन्तवार्ता दिँदै नेता रावलले यस्तो बताएका हुन् । नेकपा कुनै एक व्यक्तिको योगदानले मात्र बनेको पार्टी नभएकाले स–साना विवाद आउँदा नफुट्ने उनको भनाइ छ ।

त्यस्तै चिनियाँ राजदूत होउ यान्छी र सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं विदेश विभाग प्रमुखसमेत रहेका माधवकुमार नेपालबीच भएको भेटवार्ता पछि विभिन्न अड्कलबाजी गर्न थालिएको छ । राजदूत यान्छीले आइतबार कोटेश्वरस्थित नेपालको निवासमा पुगेर भेटघाट गरेपछि विभिन्न अड्कलबाजी सुरु भएको हो ।

वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलन सक्ने चेतावनी दिएका छन् । न्यूयोर्क टाइम्सकाअनुसार सयौँ वैज्ञानिकहरुले हावाको सानो कणमा रहेको भाइरसबाट पनि मानिसहरु संक्रमित हुन सक्ने चेतवानी दिएका हुन् ।

त्यस्तैगरी काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका ६ ओटा ‘ए’ डिभिजन क्लबलाई १० लाख रुपैयाँका दरले आर्थिक सहयोग प्रदान गरेको छ । महानगरले सोमबार राष्ट्रिय सभा गृहमा कार्यक्रम आयोजना गरी उक्त रकम हस्तान्तरण गरेको हो ।

गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड अनुसार सामाजिक दूरी कायम नगर्ने र मास्क विना बाहिर हिँडडुल गर्नेमाथि संक्रमक रोग नियन्त्रण ऐन अनुसार कारवाही गर्न निर्देशन दिएको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु