#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व9557195920415392524886168281559
नेपाल26764419653861261818
काठमाडौं ।विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४६ हजार ६०१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १९ लाख ४९ हजार २८१ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६८ लाख ९५ हजार २३८ रहेको छ ।विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ रहेको छ ।सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटाली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनी लगायतका मुलुकहरू रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारीको अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्बप्रथम कोरोना भाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो ।ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्युब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ४८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६२० रहेको छ । त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २० हजार २२९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् ।ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या नौ लाख २७ हजार २९२ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विश्वभर कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक करोड १९ लाख बढी

काठमाडौं ।

विश्वभर कोभिड–१९ का कारण मृत्यु हुनेको सङ्ख्या पाँच लाख ४६ हजार ६०१ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ भने सङ्क्रमितको सङ्ख्या एक करोड १९ लाख ४९ हजार २८१ पुगेको छ । त्यस्तै निको हुनेको सङ्ख्या ६८ लाख ९५ हजार २३८ रहेको छ ।

विश्वमा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या संयुक्त राज्य अमेरिकामा रहेको छ भने ब्राजिल दोस्रो स्थानमा रहेको छ । सङ्क्रमणका हिसाबले भारत विश्वको बढी प्रभावित मुलुकहरूमध्ये तेस्रो स्थानमा रहेको छ । यद्यपि मृत्यु सङ्ख्या भने अमेरिका, ब्राजिलपछि बेलायतमा बढी रहेको छ । बेलायतमा मङ्गलबारसम्म कूल ४४ हजार २३६ को मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या भने दुई लाख ८५ हजार ७६८ रहेको छ ।

सङ्क्रमण र मृत्युका हिसाबले हेर्दा विश्वमा बढी प्रभावित अन्य मुलुकहरूमा इटाली, स्पेन, रूस, पेरू, फ्रान्स, मेक्सिको र जर्मनी लगायतका मुलुकहरू रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण महामारीको अवस्था आएको घोषणा गत मार्च ११ मा गरेको थियो । सर्बप्रथम कोरोना भाइरस सङ्क्रमणको पुष्टि चीनको वुहान शहरमा भएको थियो ।

ब्राजिलमा ६५ हजारभन्दा बढीको मृत्यु

ब्राजिलमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबार ६५ हजार ४८७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गरी पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार विगत २४ घण्टामा ब्राजिलमा महामारीका कारण मृत्यु हुनेको सङ्ख्या ६२० रहेको छ । त्यस्तै विगत २४ घण्टामा ब्राजिलमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या थप २० हजार २२९ ले वृद्धि भएको छ । अहिलेसम्म ब्राजिलमा १६ लाख २३ हजार २८४ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएका छन् ।

ब्राजिलमा अहिलेसम्म कोभिड–१९ सङ्क्रमण उपचारपछि निको हुनेको सङ्ख्या नौ लाख २७ हजार २९२ रहेको पनि मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार