#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19832786730188636291612739682
नेपाल2297275654416353

काठमाडौं भित्रने सवारीको जगातीमा यस्तो जाम (भिडियोसहित)

काठमाडौं ।

भक्तपुरको जगाति हुँदै काठमाडौं प्रवेश गर्ने नाकामा सवारी साधनको जाम लागेको छ ।

विभिन्न जिल्लाबाट देशको राजधानी काठमाडौं आउन लागेका सवारीसाधनको चेकजाँचका क्रममा लामो जाम लागेको हो । सो नाका हुँदै उपत्यका भित्रिनेहरुलाई गाडीबाट झारेर चेकजाँच गरिएको छ । चेकजाँचका क्रममा सो सडक खण्डमा जाम भएको हो ।

सरकारले एक जिल्लाबाट अर्को जिल्ला प्रवेशमा रोक लगाए पनि अत्यावश्यक सवारी र सम्बन्धित निकायबाट पास लिएर आवतजावत गर्नेहरुको संख्यामा भने कमि आएको छैन ।

 

कोरोना भाइरस (कोभिड-१९) संक्रमण न्यनिकरणका लागि भन्दै सरकारले लकडाउन गरेपछि पछिल्लो समय केही खुकुलो भएसँगै नीजि सवारी साधन सञ्चालनमा रहेका छन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउनको मोडालिटी परिवर्तन गर्दै जिल्ला भित्र जोर विजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिएको छ । मंगलबार भक्तपुरको जगातीमा उपत्यका भित्रने सवारीसाधनको चेकजाँच गरिएपछि सवारी साधनको लामो लाइन लागेको हो ।

 

सम्बन्धित समाचारहरु

ताजा समाचार