#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19831918730176636233512739407
नेपाल2259273620616313

आइएम वीथ केपी ओली भन्दै विभिन्न स्थानमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि उनका समर्थकहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । ओली नेतृत्वको सरकारको काम प्रभावकारी नभएको भन्दै गत असार १० देखि जारी नेकपा स्थायी कमिटी बैठकमा अधिकांश सदस्यहरुले उनको राजीनामा मागेका थिए । सोही मागको विरोध गर्दै प्रदर्शन गरिएको हो । बुधबार उपत्यकाको कोटेश्वर, चाबहिल, गोगबु, कलंकी, असन (इन्द्रचोक) र लगनखेल लगायतका स्थानमा प्रदर्शन गरिएको छ ।

प्रदर्शनमा सहभागिहरुले ‘पार्टी एकता जिन्दाबाद, आइएम वीथ केपी ओली, राष्ट्रवादी सरकार जिन्दावाद, जनताको चाहाना, सरकार परिवर्तन गर्न पाईदैन, भारतीय हस्तक्षेप बन्द गर सरकार ढाल्न पाईदैन, मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ जस्ता नारा लगाएका थिए । पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी कमिटी बैठक स्थगित हुँदै आएको छ ।

आजका लागि बोलाइएको बैठक पनि शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि भन्दै निरन्तर वार्तामा बसिरहेका छन् । तर अहिलेसम्म कुनै ठोस नतिजा भने आउन सकेको छैन ।

सम्बन्धित समाचारहरु

ताजा समाचार