#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830578730151636273812737689
नेपाल2259273620616313

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघले बुझायो ज्ञापनपत्र

काठमाडौं ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघले ज्ञापन पत्र बुझाएको छ ।

लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लामो हाल्ने प्रवृत्ति बन्द गर्न पनि नेविसंघले माग गरेको छ । लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैँमा अमानविय कार्य भएकाले मुल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए । नेविसंघले पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा असुल्दै आएको कर समेत खारेज गर्न माग गरेको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्यवृद्धि भएर उपभोक्तामा पर्ने गरेको बताए । अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उनले आग्रह गरे ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए । मागहरु सकारात्मक भएको उल्लेख गर्दै उनले साना कुरालाई पनि विवादीत गरेर निगमलाई कमजोर बनाउन ठूलो तप्का लागि परेको बताए । उनले मुल्यवृद्धिलाई नियमित प्रकृयाको रुपमा लिन आग्रह समेत गरे ।

निगमले असार १६ गते पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै नेविसंघ अध्यक्ष ढुंगाना नेतृत्वको टोली निगम पुगेर ज्ञापन पत्र बुझाएको हो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार