#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830578730151636273812737689
नेपाल2259273620616313

उपत्यकामा कोरोना संक्रमण बढ्योेदेखि नेकपा विवादसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबार मात्रै काठमाडौंमा १६ र ललितपुरमा ७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म काठमाडौं उपत्यकामा २ सय ९० संक्रमित भएका छन् ।

त्यस्तै यातायात व्यवस्था विभागले लकडाउनको अवधिमा झण्डै साढे तीन लाख सवारी चालक अनुमतिपत्र छपाई गरेको छ । चालू आर्थिक वर्षको हालसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको विभागले जनाएको हो ।

अमेरिकाको गुप्तचर निकाय (एफबीआई) का निर्देशकले गुप्तचरी र चोरीका कारण चीन सरकार अमेरिकाका लागि सबैभन्दा ठूलो र दीर्घकालीन खतरा भएको दाबी गरेका छन् । हड्सन इन्स्टिट्यूटमा बोल्दै क्रिस्टोफर रेले चीनका विभिन्न गतिविधिबारे टिप्पणी गर्दै त्यस्तो दाबी गरेका हुन् ।

त्यस्तैगरी लकडाउनका कारण लामो समयसम्म ठप्प रहेको सार्वजनिक यातायात सञ्चालनका लागि सरकार र व्यवसायीले तयारी सुरु गरेका छन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि गृहकार्य गरी प्रस्ताव ल्याउन निर्देशन दिएपछि व्यवसायीले तयारी सुरु गरेका हुन् ।

नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले दुई अध्यक्षबीचको वार्ता धेरै भएपनि कुनै ठोस नतिजा नआएकाले अब केन्द्रीय कमिटीमा छलफल गर्नुपर्ने बताएका छन् । बुधबार केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै नेता ज्ञवालीले सो कुरा बताएका हुन् । दुई अध्यक्षबीच वान टु वान वार्ता जारी भएपनि निष्कर्ष आउन नसकेकाले केन्द्रीय कमिटीबाट समाधान खोज्नुपर्ने नेता ज्ञवालीको भनाइ छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार