#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572421724705627991812567798
नेपाल2221470633015814

सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीको वितण्डा, उद्धार जारी (फोटोफिचर)

सिन्धुपाल्चोक।

गएरातिदेखिको अविरल वर्षाले बाह्रबिसेदेखि तातोपानी क्षेत्रका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी पनि जम्बुसम्म कठिनले पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १८ घर बगाएको र थुप्रै व्यक्ति सम्पर्कविहीन भएका छन् ।

बाह्रबिसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताए अनुसार वर्षाले कति क्षति भयो भन्ने यकिन हुन सकेको छैन । बाह्रबिसेको खोर्सानीवारीभन्दा माथितिर जान नसकिएको र टेलिफोन अवरुद्ध भएको पाख्रिनले बताइन् ।

भोटेकोशी नदीको बहाव बढ्नाले आसपासका नागरिक त्रसित बनेका छन् । हाल सम्म २ जनाको शव भेटिएको छ । पहिरोमा परि १८ जना हराइरहेको बताइएको छ । स्थानियवासी र प्रहरीले अहिले उद्धारको प्रयास गरिरहेका छन् ।

तस्वीर सौजन्य : विजय नेपाल

सम्बन्धित समाचारहरु