#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19827779729987636292312734869
नेपाल2259273620616313

विश्वभर ७० लाख ७१ हजार व्यक्ति कोरोनाबाट निको भए, संक्रमित कति ?

काठमाडौं ।

बिहीबार अपराह्नसम्म प्राप्त समाचार अनुसार कोरोना भाइरसका कारण बिरामी भएका ७० लाख ७१ हजार ४६७ जना व्यक्ति निको भएर फर्केका छन् ।

कोरोनाबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ५२ हजार १६४ पुगेका बताइएको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड २१ लाख ७२ हजार १८१ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ ।

हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४५ लाख ४८ हजार ५५० व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५८ हजार २८८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३१ लाख ५८ हजार ९३२ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ३४ हजार ८६२ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा २६ लाख ७२ हजार ४४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ९८ हजार ६११ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ३७ लाख १ हजार १६५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ८० हजार ४६३ जनाको मृत्यु भएको छ ।

युरोपमा २५ लाख १८ हजार ५०७ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९६ हजार ५० को मृत्यु भएको छ । एसिया २७ लाख ४१ हजार ८०० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ६५ हजार ५९२ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ५ लाख २५ हजार ८९४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२ हजार २७० जनाको मृत्यु भएको छ । ओसियानामा १० हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२८ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार