#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572942724710627939112568841
नेपाल2259273620616313

भारतमा कोरोना संक्रमणबाट निको हुने दर ६१.५३ प्रतिशत

नयाँ दिल्ली ।

भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का संक्रमितहरुको निको हुने दर बढेको जानकारी दिएको छ । सो मन्त्रालयले भारतमा कोरोना संक्रमणबाट संक्रमितहरुको निको हुने दर बढेर ६१.५३ प्रतिशत पुगेको जानकारी दिएको छ ।

गएको २४ घन्टामा मात्र २२ हजार जनाभन्दा बढी संक्रमित भेटिएका प्राप्त भएको समाचारमा जनाइएको छ । यहाँ गएको २४ घन्टामा २२ हजार ७५२ जना संक्रमित भेटिएका हुन् । योसँगै यहाँका संक्रमितहरुको संख्या ७ लाख ४२ हजार ४१७ जना पुगेको छ ।

संक्रमितहरु मध्ये भारतमा ४ लाख ५६ हजार ८३० जना संक्रमितहरु निको भएर घर फर्किएका सो मन्त्रालयले जानकारी दिएको छ। अझै पनि भारतमा २ लाख ६४ हजार ९४४ जना संक्रमितहरु रहेका छन् । उनीहरुमध्ये कतिपय अस्पताल त केही आफ्नै घरमा आइसोलेसनमा पनि रहेका छन् ।

यहाँ २० हजार ६४२ संक्रमितको निधन भएको छ । गएको २४ घन्टामा मात्र यहाँ ४८२ जनाको ज्यान गएको बताइएको छ । योसँगै भारतमा कोभिड १९ को संख्या हेर्दा करिब ६१.५३ प्रतिशत निको भएर घर फर्किएको देखिएको छ । यो संख्या पहिलेको तुलनामा बढ्दै गएको पनि सो मन्त्रालयले दिएको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयले निको हुने दर हरेक दिन बढ्दै गएको जनाएको छ । साथै पछिल्ला दिनहरुमा परीक्षणको संख्या पनि मन्त्रालयले बढाउँदै लगेको सो मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र नै अगाडि रहेको पनि बताएको छ । रासस/एएनआई

सम्बन्धित समाचारहरु