#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18956423710033610458312141807
नेपाल2139060617415156

उड्डयन क्षेत्रमा संस्थागत सुधार गर्न एडिबीको ६ अर्ब ऋण

काठमाडौं ।

एसियाली विकास बैंक (एडिबी)ले नेपालको उड्यन क्षेत्रको संस्थागत सुधार गर्न आर्थिक सहयोग गरेको छ ।

एडिबीले नेपाललाई करिब ६ अर्ब ऋण सहयोग उपलब्ध गराएको हो । सो ऋण सम्बन्धि सम्झौतामा नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल तथा एडिबीका तर्फबाट मुख्तर खामदखानोभले हस्ताक्षर गरेका छन् ।

एडिबीले सो ऋण सहयोग नेपालको नीतिगत साहयता अन्तर्गत नागरिक उड्डयन क्षेत्रको क्षमता विस्तारमा खर्च गर्न भनेको छ । साथै नेपालले पनि सोही क्षेत्रमा खर्च गर्ने जनाएको छ । हवाइ सुरक्षाका लागि नियमन क्षमता बलियो बनाउन एडिबीद्वारा उपलब्ध गराइएको सो ऋणले सहयोगी भूमिका खेल्ने सरकारले जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार