#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19569958724554628056512564839
नेपाल2221470633015814

काष्ठमण्डप पुनर्निमार्णको काम तीव्र

काठमाडौं । वसन्तपुरस्थित काष्ठमण्डपको पुनर्निर्माणको कामले गति लिएको छ । अहिलेसम्म करिब ६० प्रतिशत पुनर्निर्माण हुँदा ७ करोड रुपैयाँ खर्च भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिले जनाएको छ ।  २०७२ वैशाख १२ गतेको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको काष्ठमण्डपको पुनर्निर्माणको काम काठमाडौं महानगरपालिका मार्फत उपभोक्ता समितिले गरिरहेको छ ।

पुनर्निर्माणको काम विवादमा पर्दा तीन वर्षसम्म निर्माण कार्य सुरु हुन सकेको थिएन् । तर काठमाडौं महानगरपालिकाले १५ सय वर्ष पुरानो मौलिक प्रविधि अपनाएर स्वदेशी सीप, पूँजी, प्रविधि र श्रमलाई प्रयोग गरी तीन वर्षभित्र बनाउने गरी २०७४/०७५ को नीति तथा कार्यक्रममा समावेस गरेपछि भने कामले गति लिएको छ । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं वाग्मती प्रदेशका सांसद राजेश शाक्यले पुनर्निर्माणको काम करिब ६० प्रतिशत सम्पन्न भएको जानकारी दिए । काष्ठमण्डपको पहिलो तलाको काम सम्पन्न भई दोस्रो तलाको काम भइराखेकाले ६० प्रतिशत काम सम्पन्न भएको अनुमान गरिएको उनको भनाइ छ ।

त्यस्तै पुरातत्व विभागले स्टिमेट गरेको १९ करोड ८८ लाख रुपैयाँ लागतभित्रै रहेर पुनर्निर्माणको काम सम्पन्न हुने पनि उनले बताए । अहिलेसम्म काठमाडौं महानगरपालिकाले झण्डै १० करोड ५० लाख रुपैयाँ अनुदानबाट पाएको र करिब ७ करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए । महानगरपालिकाको नीति तथा कार्यक्रमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेकाले लकडाउनको अवधिमा पनि निर्माण कार्यलाई नरोकिएको शाक्यले बताए । उनले वसन्तपुर दरबार क्षेत्रभित्र रहेका अन्य सम्पदाहरुको काम पनि व्यवस्थित रुपमा भइराखेको बताए । सबै सम्पदाहरुको पुनर्निर्माण १५ सय वर्ष अघिको प्रविधिमा रहेर भूकम्प प्रतिरोधि बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि चाहिने थाम, ढुंगा सबै व्यवस्थापन गरी तयार भइसकेको पनि उनले जानकारी दिए । पहिलो तलामा ९६ वटा थामको प्रयोग गरिएको छ । उपभोक्ता समितिले नै पूनर्निर्माणको काम गरिरहेकाले स्थानीयबाट कुनै अवरोध नभएको पनि शाक्यले बताए । अहिलेकै गतिमा काम भए तोकिएको समय अवधिभित्रै निर्माण सम्पन्न हुने शाक्यको भनाइ छ ।

सम्बन्धित समाचारहरु