#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19572421724705627991812567798
नेपाल2221470633015814

भोलिदेखि सार्वजनिक सवारी चल्नेदेखि भारतीय मिडियाप्रति नेपाली नेताहरुको आक्रोशसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये लकडाउनका कारण चैत ११ गतेबाट बन्द रहेका सार्वजनिक सवारी साधन आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सञ्चालनमा आउने भएका छन् । मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले भोलिदेखि सार्वजनिक सवारी खुल्ने जानकारी दिएका हुन् ।

त्यस्तै तत्कालीन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबारको निर्वाचन आयोगको बैठकले जसपा दर्ता गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आ–आफ्नै अडानमा कायमै रहेका छन् । दिनहु वान टु वान वार्ता जारी रहेपनि कुनै ठोस नतिजा आउन सकेको छैन । प्रचण्डलाई पार्टीको कार्यकारी अधिकार र अन्य केही अधिकार दिएर मिलाउने पक्षमा ओली रहेका छन् । तर, एउटा पद जसरी पनि छाड्नुपर्ने मागबाट प्रचण्ड पछाडि हटेका छैनन् ।

त्यस्तैगरी लगातार परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा ठूलो धन जनको क्षति पु¥याएको छ । जिल्लाको बाह्रबिसे नगरपालिका र आसपासका क्षेत्रमा आएको बाढीका कारण दर्जनौं घरमा क्षति पुगेको हो । बाढी पहिरोमा परि २ जनाको मृत्यु भएको छ भने २० जना अझै वेपत्ता रहेका छन् ।

भारतीय मिडियाप्रति नेपालका नेताहरुले आक्रोश पोखेका छन् । भारतीय मिडियाहरुमा आइरहेको नेपाली राजनीतिक सम्बन्धी नकारात्मक टिका टिप्पणीप्रति नेपाली नेताहरूले आक्रोश व्यक्त गरेका हुन् । बिहिबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय मिडियाको अनगर्ल प्रचारले सीमा नाघेको उल्लेख गरेका छन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु