नेपाल भारत सीमा विवाददेखि विदेशमा अलपत्र नेपाली ल्याउन अन्योलसम्म (भिडियोसहित)

नेपाल भारत सीमा विवाददेखि विदेशमा अलपत्र नेपाली ल्याउन अन्योलसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ राजनीतिक नक्सा जारी गरेसँगै भारतीय सञ्चार माध्यमले आपत्ति जनाएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालको ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ स्थानीय तह सहितको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समावेश गर्दै नयाँ नक्सा जारी गरेसँगै भारतीय मिडियाले आपत्ति जनाएका हुन् ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पक्षले लामो समयदेखि कब्जा गर्दै आएको नेपाली भूमि फिर्ता ल्याउने प्रतिवद्धता जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सो प्रतिवद्धता जनाएका हुन् ।

कोभिड–१९ विरुद्धको खोप परीक्षण सफल भएको दावी गरिएको छ । नेसनल इन्स्टिच्युट अफ हेल्थको साझेदार बायोटेक कम्पनी ‘मोडेर्ना’ ले बनाएको एमआरएनए १२७३ नामक खोप परीक्षण सफल भएको दावी गरिएको हो ।

त्यस्तैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेकपाकी सांसद रामकुमारी झाँक्रीले कालापानी यात्राको सम्झना गरेका छन् । लामो समयदेखि भारतीय पक्षको कब्जामा रहेको नेपाली भूमि समेटिएको नक्सा जारी भएसँगै उनीहरुले आफ्नो कालापानी यात्रालाई सम्झिएका हुन् ।

सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया निकै सुस्त गतिमा अगाडि बढाएको छ । देशमा तत्काल उनीहरुलाई ल्याएर राख्ने पूर्वाधारको समस्या हुने भन्दै स्वदेश ल्याउने काम सुस्त गरेको हो । विदेशी भूमिमा समस्यामा परेका नेपालीले स्वदेश ल्याउन बारम्बार आग्रह गरे पनि त्यसतर्फ सरकारले प्रभावकारी कदम चाल्न सकेको छैन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला

Logo