#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व21062029752562641515913894308
नेपाल2495795802516837

आज काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिए

काठमाडौं ।

शुक्रबार नेपालमा १ सय १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशका विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा १ सय १८ जना संक्रमित थपिएका हुन् ।

आज मात्रै काठमाडौं उपत्यकामा ४२ जना संक्रमित थपिएका छन् । काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा संक्रमण देखिएको हो । आजसम्म जम्मा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

शुक्रबार पीसीआर विधिबाट ४ हजार ८ सय ६ जनाको कोरोना परीक्षण भएको छ । आजसम्म २ लाख ७५ हजार ९ सय ५१ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए । देशभरीका क्वारेन्टाइनमा २३ हजार ९ सय १० जना रहेका छन् ।

विभिन्न अस्पतालका आइसोलेसनमा ८ हजार ६ सय ३ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । शुक्रबार १ सय २० जना गरी आजसम्म ८ हजार ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३५ जनाको मृत्यु भएको छ ।

यो पनि 

अब हामी ३० वर्ष पछाडि फर्किने कि अगाडि बढ्ने ? (भिडियो रिपोर्ट)

सम्बन्धित समाचारहरु

ताजा समाचार