#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19830578730151636273812737689
नेपाल2259273620616313

नेकपा बैठक आज पनि स्थगितदेखि असार मसान्तमा ऋण तिर्न नसक्नेलाई समय थप हुनेसम्म (भिडियोसहित)

काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये नेकपाको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक थप एक साताका लागि स्थगित भएको छ । नेकपाले अविरल वर्षाका कारण देशभर आएको बाढी, पहिरो र कोरोनाको महामारी फैलिँदै गएकाले पार्टीको बैठक स्थगित गरिएको हो । अब स्थायी कमिटीको बैठक आगामी साउन २ मा बस्ने छ ।

त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारमा १ सय भन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीको नविकरण हुने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री यादवले सो कुरा बताएका हुन् ।

राष्ट्रिय समावेशी आयोगले आर्थिक वर्ष ०७५/०७६ मा ७ करोड ३ लाख २० हजार बजेटमा ४ करोड ९७ लाख ५ हजार १ सय रुपैयाँ गाडी खरिदमै सकेको छ । आयोगका सचिव हरि बखतीकाअनुसार आयोगले ५ थान हुण्डा क्रेटा, १ थान एसयुभी ५००, ४ थान मोटरसाइकल र २ थान स्कुटर खरिद गरेको हो ।

त्यस्तैगरी देशभर लगातार परेको अविरल वर्षाका कारण बाढी पहिरोको जोखिम बढ्दो छ । शुक्रबार बिहान मात्रै म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा पहिरोमा परि धौलागिरि गाउँपालिका ७ ताकमका २ जना र रघुगंगा गाउँपालिका–६ ठाडाखानीका १ जना गरी ३ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता भएका छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार मसान्तभित्र ऋणको साँवा र ब्याज तिर्न नसक्ने ऋणीलाई समय थप गर्ने बताएका छन् । गर्भनर अधिकारीकाअनुसार असार मसान्तभित्र तिर्न सक्नेले तिर्न र नसक्नेलाई समय थप गरिने बताएका हुन् । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

सम्बन्धित समाचारहरु

ताजा समाचार